राखेपमा छ सदस्य मनोनीत, पोखराबाट सम्पन्न श्रेष्ठ

समाधान संवाददाता
पोखरा
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा ६ जनालाई मनोनयन गरेका छन् । बिहीबार मन्त्री विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि राखेपको बोर्ड सदस्यमा ६ जनालाई मनोनयन गरेका हुन् ।
मन्त्री विश्वकर्माले खेल विज्ञ र प्राविधिकको रुपमा रिम रानाभाट र इन्दिरा निरौलालाई मनोनयन गरेका छन् ।
नयाँ ऐनले खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टिडोपिङ विज्ञबाट कम्तीमा १ महिलासहित २ जना मनोनीत गर्ने व्यवस्था गरेको छ ।
दुवै जना सदस्य सचिव सिफारिस समितिमा मन्त्रालयबाट विज्ञको रुपमा सदस्य थिए । दुवै जनालाई विज्ञको रुपमा मन्त्री विश्वकर्माले बोर्ड सदस्यमा मनोनयन गरेका हुन् ।
यस्तै, राष्ट्रिय खेल संघको सिफारिसबाट पोखराका सम्पन्न श्रेष्ठसहित, अर्जुन केसी र सुवास श्रेष्ठलाई मनोनयन गरिएको छ । सम्पन्न श्रेष्ठ तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष हुन् ।
ऐनमा राष्ट्रिय संघको सिफारिसमा कम्तीमा २ महिलसहित ५ जना सदस्यमा मनोनित गर्न पाउने व्यवस्था छ ।
यस्तै, परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधिको रुपमा गोविन्दप्रसाद भट्टराईलाई मनोनयन गरेका छन् । उनी उच्च पर्वतीय खेलकुद महासंघका अध्यक्ष हुन् ।
ऐनले साहसिक तथा पर्यटकीय खेल क्षेत्रबाट एक जना मनोनित गर्न पाउने व्यवस्था गरेको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै मन्त्रालयले परिषद्को बोडलाई पूर्णता दिन लागि परेको छ ।
मन्त्रालयको सिफारिसमा यसअघिनै मन्त्रीपरिषद्ले परिषद्को उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरिसकेको छ ।
नयाँ ऐनले ३७ जनाको परिषद्को बोर्डको परिकल्पना गरेको छ ।









स्टक ब्रोकर्स एसोसियसनको सभा
स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया