नारायणगढ–मुग्लिन सडक खुल्याे
समाधान संवाददाता
२०७७ साउन १६ गते ७:५०

रासस, भरतपुर ।
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ ।
इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा आज बिहान १ः४० बजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले थप पहिरो पन्छाएर दुईतर्फी सञ्चालनको प्रयास भइरहेको जनाएको छ ।
सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् । लगातारको वर्षाले पहिरो जाँदा सो सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ । बिहीबार मात्र चितवनको कुरिनटारमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो ।
सम्बन्धित









आर्थिक सुधार गर्दै मझेरी सहकारी
कालिका बहुमुखी क्याम्पस ३५ वर्षमा
आफ्नै जन्मथलो कास्की-३ बाट चुनाव लड्न दाहाललाई आग्रह: बुहारी सिर्जनासहित १५ जनाको आकांक्षा
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया