फ्लोरिडा ओपन तेक्वान्दोमा राजुलाई स्वर्ण

काठमाडौं
नेपालले फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा १ स्वर्णसहित ३ पदक जितेको छ ।
ओङ्स तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपालले १ स्वर्ण तथा समान १/१ रजत र कांस्य पदक जितेका हुन् ।
नेपालका लागि राजु नगरकोटीले स्वर्ण, सञ्जीव नेपालले रजत र सन्दीपा अमगाईंले कांस्य पदक दिलाएका थिए ।
राजुले ५० वर्षमुनि उमेरसमूहको पुम्सेमा स्वर्ण जित्न सफल भए । उनले आयोजक राष्ट्रका पाब्लो अबलुजालाई पराजित गरे । राजुले कुल ५.७६७ अंक प्राप्त गर्दा पाब्लोले ५.४६७ अंक बटुलेका थिए । ४० वर्षमुनि उमेर समूहको पुम्सेमा सञ्जीव भने रजत पदकमै खुम्चिए । उनी अमेरिकाका गिलबर्ट जामेनासँग पछि परे । गिलबर्टले ६.६६० अंक र सञ्जीवले ५.८३३ अंक पाएका थिए ।
त्यसैगरी महिला ३० वर्षमुनि उमेरसमूहमा नेपालकै सन्दीपा अमगाईंले ५.९६७ अंक प्राप्त गर्दै कांस्य पदक जितिन् । सोही उमेर समूहमा बिट्रिज बेलिसेनले ७.१६७ अंक र फिलिपिन्सकी जान पाउ जेनेरोसले ६.७६७ अंक प्राप्त गर्दै क्रमशः शीर्ष दुईमा रहे । च्याम्पियनसिपमा अस्ट्रेलिया, क्यानडा, अमेरिकी, फिलिपिन्स, मलेसिया, सिंगापुर, डेनमार्क र स्लोभानियालगायत राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।
उक्त च्याम्पियनसिपमा क्याडेट, जुनियर तथा सिनियरतर्फ प्रतिस्पर्धा भएको थियो । च्याम्पियनसिपमा आयोजक अमेरिकी पहिलो, फिलिपिन्स र सिंगापुर तेस्रो भयो ।









पिएनको स्ववियु कार्यालयमा आर्थिक अपारदर्शिताको आरोपमा तालाबन्दी
अब सजिलै मेटिन्छ तिलाहारबासीको तीर्खा
सम्पादकीय—पोखरामा लोरा मर्फीको सृजनात्मक यात्रा
मुस्ताङबाट २ करोडभन्दा बढी मूल्यका भेपसहित कन्टेनर नियन्त्रण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया