पोखरा रंगशालामा खेलकुद गतिविधि बन्द
समाधान संवाददाता
२०७७ साउन ३२ गते १७:३५

समाधान संवाददाता
पोखरामा कोरोना भाइरस संक्रमितको संख्या बढेसंगै पोखरा रंगशाला भित्रका सम्पूर्ण खेलकुद गतिविधि बन्द गरिएका छन् ।
क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिले आइबार सम्युक्त सूचना प्रकाशन गरेर अर्को सूचना प्रकाशन नभएसम्मका लागि रंगशाला भित्र हुने सम्पूर्ण खेलकुद गतिविधि बन्द गरिएको जानकारी दिएको छ ।
रंगशालामा पछिल्लो समयमा टेनिस, ब्याडमिन्टन, स्क्वास, बास्केटबल, मार्शल आर्ट लगायतका खेलकुद गतिविधि भैरहेका थिए ।
‘दिन प्रति दिन कोरोना संक्रमण बढ्दै छ, त्यसैले रंगशालामा खेलकुद गतिविधि बन्द गर्नु परेको हो ।’ क्षेत्रीय खेलकुद विकास समितिका डी.बी.नेपालीले समाधानलाई बताए ।
पछिल्लो समयमा रंगशालामा विदेशबाट ल्याइएका नेपालीलाई जम्मा गरेर त्यहीबाट जिल्ला जिल्लामा पठाउने गरिएको छ ।
सम्बन्धित









सम्पादकीय—पोखरामा लोरा मर्फीको सृजनात्मक यात्रा
मुस्ताङबाट २ करोडभन्दा बढी मूल्यका भेपसहित कन्टेनर नियन्त्रण
कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया