इन्द्रसिँह अर्थात् यात्रु र सडकका ‘द ग्रेड मेन’

एसके थकाली
जोमसोम
हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्ने एउटै मात्र नाका हो निर्माणाधीन बेनी/जोमसोम÷कोरला सडक । उत्तरतिर चीनको स्वशासित क्षेत्र तिब्बत पर्छ । उत्तरतर्फ मुस्ताङ हुँदै व्यापार तथा पारवाहन नाका सञ्चालन गर्ने उद्देश्यले सरकारले करिब ४ वर्षअघि बेनी-जोमसोम-कोरला सडक आयोजना सुरुआत गर्याे ।
करिब ६० को दशकमा यहासम्म अस्थायी कच्ची सडक विस्तार नेपाली सेनाले गर्यो । त्यसपछि त मुस्ताङको क्रेज ह्वात्तै बढाइदियो । मुस्ताङको पवित्र धाम मुक्तिनाथ, कागबेनी श्राद्धस्थल, दामोदरकुण्ड र उपल्लो मुस्ताङको यात्रा केहीहदसम्म सहज बन्यो ।
भारतीय नाकाबन्दी नेपालले भोग्नु परेको पारवाहन समस्यालाई लिएर सरकारले यहाँ राष्ट्रिय गौरवको आयोजना सुरु भयो । आयोजना सुरुसँगै आयोजनाको कार्यालय जोमसोममा बस्यो ।
कालिगण्डकी करिडोर अन्र्तगत आयोजनाले बेनी÷जोमसोम ७६ किमि सडकमा ४ खण्ड र जोमसोम÷कोरला १ सय १० किमी सडक ७ खण्डमा विभाजन भयो । २०७४ सालदेखि सुरु भएको राष्ट्रिय गौरवको आयोजना अन्र्तगत बेनी÷जोमसोम ७० किमी सडकमा २ वटा प्याकेजको काम शर्मा गजुरमुखीले लियो । म्याग्दीको अन्नपूर्ण गापा तातोपानीदेखि मुस्ताङको थासाङ गाउपालिका —२ कोवाङसम्म सडक स्तरोन्नतिको जिम्मा पनि शर्मा गजुरमुखीले लियो ।
त्यही शर्मा गजुरमुखीले सुपरभाइजरको रुपमा खटाएको व्यक्ति हुन् मुस्ताङका ईन्द्रसिँह शेरचन । उनलाई म्याग्दी र मुस्ताङका धेरै व्यक्तिले यात्रु र सडकका द ग्रेड मेनका रुपमा लिन्छन् ।

इन्द्रसिंह कामका मात्र इमान्दार छैनन् । त्योभन्दा पनि उनी उक्तिकै सहयोगी र दयालु छन् । बेनी—जोमसोम सडक आयोजना सुरु भएलगत्तै २०७४ सालदेखि निर्माणाधीन सडकको काममा व्यस्त छन् । कमजोर भु—बनाबटका कारण बर्खायामको मौसममा निर्माणधीन बेनी÷जोमसोम सडकको ठाउँठाउँमा बाढी, पहिरो र नदी कटानले अकल्पनीय सास्ती दिने गर्छ । सडक निर्माणको क्रममा होस या बर्खायाममा हुने प्राकृतिक प्रकोपमा सडक अवरुद्ध होस, दिलो ज्यानले मरिमेट्ने गर्छन् सडकका द ग्रेड मेन इन्द्र ।
इन्द्र सडक निर्माणको मात्र सहजकर्ता होइनन् । उनी त बेनी —जोमसोम सडकमा आइपर्ने हरेक चुनौतीलाई ज्यान हत्केलामा राखेर कार्यसम्पादन गर्छन् । बर्सेनि बर्खायाममा मुस्ताङ यात्रा गर्ने यात्रुले भोग्ने हरेक समस्या र कठिनाइमा सारथी बनेर सामाजिक उत्तरदायित्व निर्वाह गर्छन् । उनले यो काम २०७४ सालबाट निरन्तर गर्दै आइरहेका छन् ।
सडकमा उनको काम सडक सुपरीवेक्षण गर्ने मात्र हो । तर उनी सडकका मजदुरसँगै अहोरात्र खटिन्छन् । सडक चाँडोभन्दा चाँडो सुचारु गर्नसके यात्रुले भोग्ने सास्ती पर्देनथ्यो भन्ने उनको मान्यता छ । यसैले होला उनले सडक खुलाउन सडकमै बसेर खान खाई मजदुरसँग काम गर्छन् ।
सडकमा आइपर्ने प्राकृतिक तथा मानवीय विपदको अपडेट सम्वन्धी निकाय र पत्रकारलाई खबर गर्छन् । सामान्य पोसाक र साथमा १ झोला उनको दैनिक साधन हो । सडकमा गुडेका सवारी साधनलाई कुनै सहयोग चाहिएमा उनले त्यसको सहजीकरण गर्छन् । उनको म्याग्दीको अन्नपूर्ण गापा—३ दानामा एक खाजाघर छ । त्यहाँ उनका परिवारले काम गरेका छन् । कहिलेकाँही पर्यटक गाइड भएर ट्रेकिङको काम हिड्छन् ।
सडकमा आइपर्ने समस्या मात्र होइन इन्द्रसिंहको सहयोग उनले थाहा पाएका र सम्भव भएका सबै स्थानमा सहयोग पु¥याउन जान्छन् ।
यसपटक कोरोना भाइरस र सडक अवरुद्धले पुर्याएको जनजीवनमा पीडामा उनी दुखी छन् । उनी भन्छन् ,‘हामी निरन्तर सडक खुलाउन पहल गरेका छौं ।’
अवरुद्ध बेनी—जोमसोम सडक विगत एक महिना अघि देखि यातायात आवगमन ठप्पै छ । जसले जनजीवनलाई ठूलो असर गरेको उनी बताउँछन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया