पति/पत्नी नै चोरीमा संलग्न

समाधान संवाददाता, पोखरा
चोरी गरेको आरोपमा कास्की प्रहरीले पोखराबाट १ दम्पतिलाई पक्राउ गरेको छ । पोखरा १३ गौडाकोमुखस्थित जयमार्गको १ घरबाट भदौ १० गते झन्डै २ लाख रुपैयाँ नगद र सामग्री चोरी गरेका उनीहरुलाई २४ घन्टाभित्रै प्रहरीले पक्राउ गर्यो ।
पक्राउ पर्नेमा पोखरा १२ बस्ने २३ वर्षीय सन्तोष लामिछाने र उनकी श्रीमती २० वर्षीया रोशनी थापामगर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
अस्ट्रेलिया बस्दै आएका ठाकुरप्रसाद पोखरेलको २ तलेघरमा उनीहरुले चोरी गरेका थिए । घरको चाबी फोरेर टिभी, कुकर लगायतका भाडा, लत्ताकपडा र १ लाख ९५ हजार ५ सय ५० रुपैयाँ चोरी गरेको प्रवक्ता हमालले जानकारी दिए । घटनालगत्तै अनुसन्धानमा खटिएको वडा प्रहरी कार्यालय रामबजारसहित जिल्लाको टोलीले उनीहरुलाई उनीहरुकै घरबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ४२ इन्चको एलजी स्मार्ट टिभी १ थान, क्यानन क्यामरा १ थान, मोबाइल १ थान, लत्ताकपडा र भाडावर्तन बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने दम्पतिलाई चोरी तथा डाँका कसुरमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।
चोरीमा दम्पतिमा मात्र संलग्न नभई अन्य व्यक्ति पनि सामेल भएको अनुमान प्रहरीको छ । ‘घटनाको प्रकृति हेर्दा गिरोह नै रहेको शंका छ । घटनालाई सूक्ष्मरुपले अनुसन्धान गरिरहेका छौं । छिटै निचोडमा पुग्छौं,’ प्रहरी प्रवक्ता हमालले भने ।








बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार हुने अपेक्षा
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया