मौसम खराब भएपछि गृहमन्त्री बाग्लुङ जान सकेनन्, काठमाडाैं फर्किए

समाधान संवाददाता, पोखरा
बाग्लुङका बाढी पहिराे पीडितका लागि राहत सामाग्री लिएका आएका गृहमन्त्री रामबहादुर थापा बादल खराब माैसमका कारण घटनास्थलमा पुग्न नसकी काठमाण्डाैं फर्किएका छन् ।
गृहमन्त्री सवार हेलिकोप्टर खराब माैसमका कारण पोखरामा अवतरण गरेको थियाे । मौसम खराब भएपछि गृहमन्त्री रामबहादुर थापासहितको टोली सवार हेलिकोप्टर साढे १२ बजे विमानस्थलमा अवतरण गरेको हो ।
बागलुङ जान सम्भव नभएपछि अहिले गृहमन्त्री काठमाडाैंका लागि पाेखराबाट उडिसकेका छन् ।
उक्त हेलिकोप्टर बाग्लुङ प्रवेश गरे पनि बाढी प्रभावित क्षेत्र पुग्न नसकेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।
बागलुङमा बुधबार रातिको बाढीले अहिलेसम्म ११ जनाको ज्यान गएको छ । ढोरपाटन नगरपालिकास्थित भुजीखोला वस्तीमा पस्दा हराएका ३६ जना अझै सम्पर्कविहीन रहेको बागलुङका सहायक सिडिओ धिरजराज पन्तले जानकारी दिए। ढोरपाटन ६, ७, ८ र ९ नम्बर वडाका वस्ती बाढीले बगाएको हो ।
फाेटाे–सेताेपाटीबाट








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया