चितवनमा काेराेना महामारीः सरकारीमा चाप बढेपछि निजीमा पठाइयो

चितवन
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा नमुनाको चाप बढेपछि चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाउन थालिएको छ । अस्पतालले ७ सय ७८ वटा नमुना मेडिकल कलेज पठाएको छ ।
कलेजले आवश्यक कीट उपलव्ध गराएमा १० हजार नमुना निः शुल्क परीक्षण गर्ने जनाएको थियो । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले भरतपुर प्रयो्गशालामा चाप बढ्दै गएर नतिजा आउन ढिलाइ भएपछि मेडिकल कलेज पठाएको जानकारी दिनुभयो ।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले आवश्यक रिएजेन्ट उपलव्ध गराएमा आफुहरुले १० हजार नमुना परीक्षणमा अन्य शुल्क नलिने बताउनुभयो । अहिले अस्पतालले रिएजेण्ट उपलव्ध नगराइ पत्र पठाएर परीक्षण गर्न अनुरोध गरे पछि काम थालेको जनाइएको छ ।
मेडिकल कलेजको प्रयोगशाला स्वचालित रहेको छ भने भरतपुर कोभिड प्रयोगशाला म्यानुअयल हो । भरतपुर कोभिड प्रयोगशालाले ६ घण्टामा ९६ वटा नमुना परीक्षण गर्न सक्छ भने मेडिकल कलेजको प्रयोगशालाले त्यति नै समयमा ४ सय वटा नमुना परीक्षण गर्न सक्छ ।
भरतपुर कोभिड १९ प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले यस अघि प्रयोगशालामा चाप हुँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र त्यस मार्फतका सरकारी प्रयोगशालामा पठाइएकोमा अहिले मेडिकल कलेज पठाईएको जानकारी दिनुभयो ।
पछिल्लो समय जिल्लामा सङ्क्रमणको दर वढे संगै कन्ट्रयाक्ट ट्रेसिङ्का परीक्षण गर्नुपर्ने वढेको छ । भरतपुर कोभिड १९ प्रयोशालाले कोरोना परीक्षणको नतिजा मोवाइलबाटै पठाउने भएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा तिवाारीका अनुसार प्रयोगशालामा सफ्टवेयर जडान गरी परीक्षणको काम भइसकेकाले सम्भवतः आजदेखि मोवाइलमानै नतिजा पठाइने छ ।
उहाँले भन्नुभयो“सम्भवत आजदेखि हामी कोरोना परीक्षणको नमुना दिएर नतिजा पर्खिरहेकाहरुलाई म्यासेजमा नतिजा पठाउँने छौ ।” नमुना दिएकाहरुले म्यासेज खोल्दा नेगेटिभ र पोजेटिभ देखिने छ भने पासओड राखेर डाउनलोड गरेपछि बिस्तृत विबरण हेर्न र प्रिन्टगर्न सकिने जनाइएको छ । हाल अस्पतालले नेगेटिभ आएकको नाम फेसबुक मार्फत सार्वजनिक गर्ने गरेको छ भने पोजेटिभ आएकालाई टेलिफोन गरी जानकारी दिने गरेको छ ।
प्रयोगशाला प्रमुख डा अधिकारीले नमुना दिने सम्बन्धित व्यक्तिले नमुना दिँदा आफ्नो यथार्थ विवरण, नाम, ठेगना, उमेर र मोवाइल नम्बर दिन अनुरोध गर्नुभयो । नम्बर प्रष्ट नभएमा नतिजा अन्यत्र जाने भएकाले सबैलाई ध्यान दिन उहाँले आग्रह गनुभयो ।
यस प्रयोगशाला गत चैत्र २१ गतेबाट संञ्चालनमा आएको हो । प्रयोगशालामा स्वचालित प्रणालीबाट संञ्चालन गर्न सकिने उपकरण जडानको तयारी भईरहेको छ । प्रयोगशालामा हाल सम्म २१ हजार भन्दा बढी नमुना परीक्षण गरी सकिएको छ । ती मध्ये १६ हजार चितवनको मात्र रहेका छन् । रासस









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया