मुस्ताङमा भ्युटावरे विकास

एसके थकाली
जोमसोम
मुस्ताङका स्थानीय तहहरुले पर्यटक आकर्षित गर्न भ्यूटावर निर्माण गर्ने होड चलाएका छन् । सन् २०१० को सेरोफेरोमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले मुस्ताङको जोमसोम बजार पूर्वतर्फ अग्लो उचाइमा भ्युटावरको निर्माण थालनी गर्यो ।
पर्यटन प्रवद्र्धन हुन सके पर्यटकको ओइरो लाग्ने दाबी
त्यसताका एक्यापले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ९ करोड रुपैयाँ बजेट खर्चिएर भ्युटावर निर्माण गर्यो ।
एक्यापले भ्युटावर निर्माण अघि बढाउन संरक्षण व्यवस्थापन समितिलाई जिम्मा दिएको थियो । एक्यापको लगानीमा निर्माण भएको भ्युटावर फलामे ट्रससहित माथिल्लो भागमा गोलाकार दृश्यावलोकन गर्ने ठाउँ बनाइएको छ । एक्याप र स्थानीय संरक्षण व्यवस्थान समिति (सिएमसी )ले कठिन मेहनतका साथ त्यसलाई ६ वर्ष लगाएर निर्माण सम्पन्न गर्यो ।
भ्युटावर बने पनि त्यहाँ पुग्न पर्यटकलाई सडक सञ्जालको पहुँच नहँुदा कठिन बन्न पुग्यो । अहिले भ्युटावर जाने मार्गको केही तल गण्डकी प्रदेश सरकारले घरपझोङ—५ ठिनी हुँदै तिलिचो जाने नमखुसम्म मोटर बाटो बिस्तार गर्न थाल्यो । जसका कारण भ्युटावर जान केही सहज भयो । पछिल्लो समय स्थानीय तहकै सहयोगमा प्रदेशले विस्तार गरेको बाटोलाई जोडेर भ्युटावरसम्म मोटर बाटो विस्तार भइसकेको छ ।
समुद्री सतहदेखि अग्लो उचाइमा निर्माण सम्पन्न भएको भ्युटावर नजिक अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापले शौचालय र विश्रामस्थल समेत निर्माण गरेको एकयापका कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिए । निकै रमणीय र आकर्षक स्थानमा अवस्थित भ्युटावरसम्म मोटर बाटो बिस्तार भएपनि प्रचारको अभावले पर्यटक पुग्न नसकेको स्थानीय जनप्रतिनिधि सुकेन्द्र थकालीले बताए ।
उनले भ्युटावर आसपासमा चाहिने पूर्वाधार निर्माण गर्न अझै बाँकी रहेको जानकारी दिए । यो स्थान निकै लोभलाग्दो ठाउँ भएको र यहाँ आएका पर्यटकले स्वर्ग नै पुगेको अनुभूति गर्न सक्ने थकालीले उल्लेख गरे ।
यसअघि सदरमुकाम जोमसोमबाट करिब ४ घन्टा बेसी लाग्ने भ्युटावर गन्तव्य अहिले कच्ची सडक विस्तारसँगै सवारी साधनबाट आधा घन्टामै पुग्न सकिने भएको छ । जोमसोमस्थित रिजाल स्टोर्सका प्रोपाइटर विष्णु रिजालले भ्युटावरको पर्यटन प्रवद्र्धन हुन सके पर्यटकको ओइरो लाग्ने दाबी गरे । उनले भ्युटावर गन्तव्यले मुस्ताङ सदरमुकाम जोमसोमका पर्यटन व्यवसायीलाई थप फाइदा पुग्ने जनाए । उचित प्रचार भए मुक्तिनाथ, कागबेनी र उपल्लो मुस्ताङ जाने पर्यटक यहासम्म आउने व्यवसायी रिजालको भनाइ छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा विभिन्न पर्यटकस्थल छन् । ढुम्बाताल, स्नोलियोपार्ट, कुछ्प तेरङ्गा गुम्बा, कैसाङ खर्क, स्याउबारी र भ्युटावर अवलोकन गर्न एकदिने साइटसिन बन्ने ठिनीका स्थानीय नरेन्द्र थकालीले उल्लेख गरे । यारुझो भ्युटावरबाट पूर्वको नीलगिरि हिमाल र पश्चिमको धौलागिरी हिमाल दृश्य मनमोहक देखिन्छ । यहाँबाट उत्तरतर्फ कोरलानाकासहित तिब्बती भूगोल देख्न सकिन्छ । भ्युटावरबाट मानापाथी हिमाल, याकधवा हिमाल, तिलिचो पिक, मेसोकोन्तो पास, मनाङ र मुस्ताङ जोडिने थोरङ्लापास समेतको दृश्यावलोकन गर्न सकिने छ ।
भ्युटावरबाट मुस्ताङको अधिकांश भूगोल देखिने भएकाले यस स्थानलाई पर्यटक हबको रुपमा विकास गर्न आवश्यक देखिएको हो । पछिल्लो समय सडक सञ्जाल जोडिएकाले स्वदेशी तथा विदेशी चलचित्र छायांकन गर्नसमेत सजिलो भएको छ ।
…
मुस्ताङको यारुझो भ्युटावर । तस्बिर ःएसके थकाली ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया