आँखा अस्पताल यौनदुराचार प्रकरणः पिडकलाई जागिरबाट निस्काशन र पिडितलाई क्षतिपूर्ति माग

समाधान संवाददाता
हिमालय आँखा अस्पताल पोखराको यौनदुराचार प्रकरण कानुनी प्रकृया बिना नै मिलाउने प्रयास भैरहेको छ । घटना बाहिर आएको ७ दिन भैसक्दा पनि यौनदुराचारको शिकार भएकी भनिएकी युवतीले प्रहरीमा लिखित वा मौखिक कुनै जाहेरी दिएकी छैनन् ।
गत भदौं १७ गते आँखा अस्पतालकी एक तल्लो दर्जाकी महिला कर्मचारीले अस्पतालका लेखा अधिकृत वामदेव सुवेदीबाट पटक पटक यौन शोषण भएको भन्दै अस्पताल कै कर्मचारी युनियनमा निवेदन दिएकी थिइन् ।
उनले दिएको निवदेनमा लेखा अधिकृत सुवेदीले विगत ४ वर्षदेखि यौन शोषण गरेको आरोप छ । सोही निवेदनका आधारमा कर्मचारी युनियनले भदौैं १९ गते अस्पताल व्यवस्थापन समितिलाई लिखित निवेदन दिएको युनियनका अध्यक्ष प्रेमकुमार नकर्मीले समाधानलाई बताए ।
अध्यक्ष नकर्मीका अनुसार अस्पताल व्यवस्थापन समिति समक्ष युनियले ३ बुँदे माग राख्दै निवेदन दिएको छ । ‘हामीले मुख्य त व्यवस्थापन पक्षसंग ३ वटा माग राखेका छौं’ उनले समाधानसँग भने ‘पहिलो पिडित महिलाको सुरक्षा, दोश्रो उनलाई उचित क्षतिपूर्ति र तेश्रो पिडकलाई जागिरबाट निस्काशन ।’
हिमालय आँखा अस्पतालमा कार्यरत सबै ७२ जना कर्मचारीले हस्ताक्षर गरेर सो माग पत्र व्यवस्थापन समितिलाई बुझाएको अध्यक्ष नकर्मीले बताए । ‘कानुनी उपचार चाहेमा रोक्न खोजेको होइन, पिडितलाई क्षतिपूर्ति र पिडकलाई जागिरबाट निस्काशन चाहि युनियनको मुख्य माग हो ।’ उनले भने ।
सबै कर्मचारीको हस्ताक्षर सहितको पत्र पाए लगत्तै २० गते बसेको व्यवस्थापन समितिले तत्कालका लागि लेखा अधिकृत सुवेदीलाई निलम्बन गरेको छ । उनलाई शनिबार नै निलम्बन गरेर स्पष्टीकरण सोधिएको एक जना व्यवस्थापन समिति सदस्यले जानकारी दिए ।
समितिले घटना छानविन गर्नका लागि ३ सदस्यीय छानविन समिति समेत गठन गरेको छ । कर्मचारी युनियनका अध्यक्षका अनुसार छानविन समितिमा डा.नन्दु श्रेष्ठ, इन्द्रमान महर्जन र कुमार गर्बुजा छन् ।
कर्मचारी युनियनले महिलाले दिएको निवेदन समेत व्यवस्थापन समितिलाई दिएको छ । महिलाको निवेदनमा अस्पतालबाट पाउने सुविधा माग गर्दा पनि शारीरिक सम्बन्ध राख्ने शर्तमा मात्र दिने गरेको गम्भीर आरोप लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जिवनकुमार श्रेष्ठले प्रहरीको कुनै निकायमा उजुरी परेको जानकारी आफूलाई नभएको बताए । ‘मैले पनि समाधानन्यूज अनलाइन पढेर थाहा पाएको हो, पिडित भनिने पक्षको उजुरी आएको परेको छैन् ।’ उनले भने ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया