पत्रकार पाैडेल सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित

समाधान संवाददाता
यस वर्षकाे सहारा खेलकूद पत्रकारिता पुरस्कार बाट कान्तिपुर टेलिभिजनका पाेखरा सम्वाददाता इन्द्र पौडेल सम्मानित भएका छन ।
पाेखराकाे सहारा क्लबकाे २२औं वार्षिकोत्सवका अवसरमा आयाेजित एक समाराेहकाबीच साे पुरस्कारबाट पौडेललाई सम्मान गरिएकाे हाे ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव समेत रहेका पत्रकार पाैडेल १७ वर्षदेखि पत्रकारितामा सकृय छन् ।
गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले मंगलबार उनलाई सम्मान गरेका हुन् । नगद २० हजार ५ सय रुपैयाँ राशीकाे साे पुरस्कार सहित ताम्रपत्र तथा दोसल्लाले सम्मान गरिएकाे हाे ।
क्लबले प्रत्येक वर्ष पत्रकारिताको माध्यमबाट खेलकूदको विकासमा योगदान पु¥याउने र विशेषगरी खेलकूद बिटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
क्लबका सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले पौडेललाई यस वर्ष सम्मान गर्ने निर्णय गरेकाे थियाे । सो पुरस्कारबाट हालसम्म पाेखराका १४ जना पत्रकार सम्मानित भइसकेका छन् ।
सोही अवसरमा क्लवका सदस्य प्रकाश राना मगरलाई क्लवको उत्कृष्ट सदस्यको रुपमा सम्मानित गरिएकाे थियाे ।
सम्मानपछि बाेल्दै मन्त्री गुरुङले फुटबलकाे विकासमा सहारा क्बलले खेलेकाे भूमिकाकाे प्रशंसा गरेका थिए । उनले खेलकुदले पाेखराकाे पर्यटन क्षेत्रमा सहयाेग पुर्याउछ भन्दै यसकाे विकासका लागि प्रदेश सरकारले सहकार्य गर्न तयार रहेकाे बताए ।
कार्यक्रममा वोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठले सहाराले यस क्षेत्रमा खेलकुदकाे विकासमा याेगदान पुर्याएकाे स्मरण गर्दै आगामी दिनमा खेलाडी उत्पादनमा जाेड दिन आग्रह गरे ।
क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीले सरकारले खेल क्षेत्रका लागि लगानी बढाउनु पर्ने बताए । सम्मानित पत्रकार इन्द्र पौडेलले पुरस्कारले आफुलाई पत्रकारिताकाे क्षेत्रमा थप उर्जा प्रदान गरेकाे बताए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया