स्वारेजलाई विदाई गरेपछि मेस्सी असन्तुष्ट, भने–बार्सिलाेनामा जे पनि हुन सक्छ

एजेन्सी
बार्सिलाेनाका स्टार लियोनल मेस्सीले अर्का स्टार लुइस स्वारेजलाई क्लबबाट बाहिर पठाएकाेमा असन्तुष्टि व्यक्त गरेका छन् र भनेका छन्–यहाँ जे पनि हुन सक्छ ।
बार्सिलोनाले राम्रा खेलाडीमाथि नराम्रो व्यवहार गरिरहेको भन्दै दुःख व्यक्त गरेका उनले तर त्यसबाट आफू कुनै पनि किसिमको आश्चर्यमा नपरेको उनले उल्लेख गरेका छन् ।
अहिलेको अवस्थामा बार्सिलोनामा जे पनि वा जस्तो व्यवहार पनि हुन सक्ने मेस्सीले उल्लेख गरेका हुन्।
बार्सिलोनाबाट एथ्लेटिको मड्रिड गएका साथी खेलाडी लुइस स्वारेजप्रति समर्पित इन्स्टाग्राम पोस्टमा मेस्सीले उनीमाथि राम्रो व्यवहार नगरिएको बताएका हुन् । नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यानको योजनामा नरहेको भनिएपछि स्वारेज एथ्लेटिको गएका हुन् ।
मेस्सीले पनि यो सिजन बार्सिलोना छोड्न चाहेका थिए । तर यो महिनाको सुरुमा आफूसँग कुनै विकल्प नरहेकाले बार्सिलोनामै रहने निर्णय गरेको मेस्सीले बताएका थिए ।
मेस्सीले स्वारेजप्रति समर्पित पोस्टमा लेखेका छन्, ‘उनलाई अर्कै जर्सीमा देख्नु असामान्य हुनेछ र उनलाई सामना गर्नु झनै अजिबको कुरा हुनेछ ।’
‘तिमी जे हौ त्यसका आधारमा बिदाई यो भन्दा अर्कै हुनु पर्ने थियो । क्लबको इतिहासमा एक महत्वपूर्ण खेलाडी, जसले क्लब र व्यक्तिगत रुपमा धेरै कुरा प्राप्त गर्यो ।’
मेस्सीले लेखेका छन्, ‘तिमी जसरी फालियौ त्यसरी त्यागिनु हुँदैनथ्यो । तर सत्य यहि हो कि अहिलेको अवस्थामा कुनै पनि कुराले आश्चर्यमा पार्दैन ।’
सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना गएका स्वारेजले २८३ खेलमा १९८ गोल गरे । उनले एक पटक च्याम्पियन्स लिग तथा चार पटक लिगको उपाधि जिते बार्सिलोनामा ।









स्टक ब्रोकर्स एसोसियसनको सभा
स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया