म्यानचेस्टर सिटीमाथि लेस्टरकाे शानदार जित
एजेन्सी
इङलिस प्रिमियर लिगकाे उपाधीकाे दावेदार मध्येकाे एक म्यान्चेस्टर सिटी आइतबार राती लेस्टरसिटीबाट नराम्ररी पराजित भएकाे छ ।
लगातार जित निकालिरहेको लेस्टर सिटीले आइतबार राति भएको खेलमा बलियो टिम पेप गार्डिवलाको म्यानचेस्टर सिटीमाथि ५–२ को शानदार जित दर्ता गरेको हाे ।
अवे मैदानमा भएको खेलमा लेस्टर सिटीले पहिलो हाफमा बराबरी भए पनि दोस्रो हाफमा उत्कृष्ठ प्रदर्शन गर्याे ।
चौथो मिनेटमा नै रियाद महरेजको गोलबाट अग्रता लिएको घरेलु टोली म्यानचेस्टर सिटीले त्यसलाई जोगाउन सकेन। यो खेलमा ह्याट्रिक गरेका जेमी भर्डीले ३७ औँ मिनेटमा पाएको पेनाल्टीमा लेस्टर सिटीका लागि बराबरी गोल फर्काए ।
उनले ५३ औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा ५८ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरी ह्याट्रिक पूरा गरे । ७७ औँ मिनेटमा जेम्स म्याडिसनले लेस्टर सिटीका लागि चौथो गोल गरेका हुन् ।
८४ औँ मिनेटमा महरेजको सहयोगमा नेथन आकेले म्यानचेस्टर सिटीका लागि गोल गरे । ८८ औँ मिनेटमा लेस्टर फेरि पेनाल्टी पाए, त्यसलाई सदुपयोग गरी योरी टिएल्मन्सले गोल गरे र टिम ५–२ ले विजयी भयो ।
जितपछि शीर्ष स्थानको लेस्टर सिटीको तीन खेलबाट ९ अंक भएको छ । सन् २००५ यता म्यानचेस्टर सिटीले पहिलो पटक घरेलु मैदानमा पाँच गोल खाएको हो ।
लिग अन्तर्गत आइतबार राति नै भएका खेलमा वेष्ट ह्यामले वुल्भ्सलाई ४–० तथा लीड्सले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेका छन् । यस्तै टोटनह्याम र न्यूक्यासलले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया