मन लगाऔं, मुटु बचाऔं

सूर्यप्रसाद ढकाल
मानव शरीरको महत्वपूर्ण अंग मुटु हो । मुटुलेनै हाम्रो शरीर सञ्चालन गरेको हुन्छ । मुटु सानो मुठी आकारमा छातीको बीचभागमा हुन्छ । यो स्वचालित छुट्टै प्रकारको मांसपेसीले बनेको महत्वपूर्ण अंग हो ।
मुटुको चाल बन्द भएमा मानिसको मृत्यु हुन्छ । पछिल्लो समय मानिस आफ्ना जीवनशैली, आहार–विहार वा खानपिन, दैनिक क्रियाकलाप व्यवस्थापनको अभावमा मुटुरोगको समस्या बढ्दो छ ।
अधिकांश मुटुरोग सुरुमै थाहा पाउन सकेमा उपचार हुनसक्ने, मानिस आफ्ना आहार–विहार वा खानापान मुटुमैत्री बनाउन सकेमा मुटुरोग लाग्नबाट जोगाउन सकिने हुन्छ ।
विभिन्न क्रियाकलाप, जीवनशैली र दैनिकीका कारण मानिसमा तनाव बढ्ने गरेको छ । यसले पनि मानिसमा मुटुरोग बढ्दो छ ।
अहिले मुटुरोग विश्व स्वास्थ्यको हिसावले प्रमुख समस्या हुँदै आएको छ । हर्टअट्याक, उच्च–न्यून रक्तचाप, जन्मजात मुटुरोग, बाथ मुटुरोग, मुटुको रक्तनली सम्बन्धी समस्या आदी मुटुरोगका प्रमुख समस्या हुन् ।
मुटु स्वास्थ्यमा देखिएका यस्ता समस्याका कारण समयमै मुटुरोग सम्बन्धी सचेतना अभियान सञ्चालन गर्न नसकेका कारण मानव मृत्युको विश्वको प्रमुख कारण मुटुरोग बन्दै गएको हो ।
विश्व स्वास्थ्य संगठनकोको आह्वानमा सन् २००० देखि २९ सेप्टेम्बरलाई ‘विश्व मुटु स्वास्थ्य दिवस’ को रूपमा मनाउन थालियो ।
अधिकांश मुटुरोग सुरुमै थाहा पाउन सकेमा उपचार हुनसक्ने, मानिस आफ्ना आहार–विहार वा खानापान मुटुमैत्री बनाउन सकेमा मुटुरोग लाग्नबाट जोगाउन सकिने हुन्छ ।
अनि मानिस आफ्नो जीवनशैली, आफ्ना व्यवहार र क्रियाकलाप मुटुमैत्री बनाउन सकेमा मुटुरोगबाट बचाउन सकिन्छ । तानवपूर्ण जीवन घटाइ परिश्रम गर्ने, पसिना बगाउने गर्दा मुटुरोगबाट बच्न सकिन्छ ।
परिश्रम गर्ने वा पसिना बग्ने काम नगरी अरू काम गर्ने, व्यापर गर्ने, अफिसमा कुर्चीमा मात्र बसेर काम गर्नेहरूले कम्तीमा एक घन्टा उकालो ओरालो हिड्ने वा सास बढ्ने गरी हिड्ने गर्ने गर्दा मुटुलाई फाइदा हुन्छ ।
यिनै सचेतना अभियान बढाउन, मानवीय कारणबाट लाग्ने मुटुरोगबाट जोगाउन विश्वमा मुटु दिवस मनाउन थालिएको हो । त्यसैले हरेक वर्ष २९ सेप्टेम्बरलाई विश्वभरि यस्तै सचेतना गरी विश्व मुटु दिवस समसामयिक नारा वा सन्देश तय गरी मनाउने गरिन्छ ।
यस वर्षको विश्व मुटु दिवसको नारा ‘मन लगाऔं, मुटु बचाऔं’ भन्ने तय गरेको छ । हामीले मन लगाएर नै सबैले मुटु रोगबाट बचाउनु छ । हरेक व्यक्तिले आफू–आफूले आफ्नो मुटु बचाउन अभियान चाल्नु छ ।
अनि होसमा नहुने, आफ्नो मुटुलाई माया नमान्नेहरूलाई समयमै होसमा ल्याउनु छ । उनीहरूलाई पनि आफ्ना मुटुलाई माया मान्नको लागि तपाईं हामीसँगै तानेर ल्याउनु छ ।
मुटुरोग लाग्नबाट उद्दार गर्नु आवशयक छ । त्यसैले समय परिस्थितिका बाबजुद आफ्ना जीवनशैलीलाई फेरेर मुटुमैत्री बनाउनु छ ।
हरेक व्यक्तिको हरेक खाने कुरा खानु अगाडि कम्तीमा त्यो खानेकुरा मुटुका लागि उपयोगी छ कि छैन ? ख्याल गरौं ।
हिँड्न नपाउने व्यक्तिले कम्तीमा बिहान एक घन्टा अगाडि उठेर आफूलाई उपयोगी हुने योगाभ्यासहरूमा तल्लीन बनाऔं त्यस्तै तनावपूर्ण जीवनयापनबाट बाहिर निस्कने प्रयास गरौं ।
त्यति भएन भने पनि समय–समयमा रमाइलो गर्ने, खुसी रहने कुरा गरौं । जसका कारण मुटु रोग लाग्नबाट जोगाउन सकिन्छ ।
कुनै देशमा उच्च–न्यून रक्तचापका समस्या होलान्, कुनैमा हृदयघातका समस्या होलान् भने परीक्षण नहुने थाहा नपाइने कारण नेपाल जस्ता तथा अरू विपन्न देशमा जन्मजात तथा वंशाणुगत मुटुरोगका समस्या छन् ।
जन्मजात लाग्ने मुटुरोगबाट बच्न आफ्ना नानी–बाबुहरूमा कुनै मुटुरोग छ कि छैन समयमानै मुटु रोग विशेषज्ञको सहायता पनि लिने गरौं ।
त्यसैले ‘मन लगाऊँ, मुटु बचाऊ’ अनी ‘मन लगाऊँ, बाथ–मुटु रोगबाट बचाऊँ’ । फेरि ‘मन लगाउ, हृदयघाटबाट बचाऊँ’ त्यस्तै ‘मन लगाऊँ, पत्रु खानाबाट मुटुलाई बचाऊँ ।
हाम्रो प्राण, स्वास्थ्य मुटुको कुरालाई ख्याल गरी आज काम गर्नु परेको छ । सम्पन्न देशदेखि नेपाल जस्ता देश, अनि गरिब देशमा पनि मुटु रोगको समस्या त्यतिकै छन् ।
कुनै देशमा उच्च–न्यून रक्तचापका समस्या होलान्, कुनैमा हृदयघातका समस्या होलान् भने परीक्षण नहुने थाहा नपाइने कारण नेपाल जस्ता तथा अरू विपन्न देशमा जन्मजात तथा वंशाणुगत मुटुरोगका समस्या छन् ।
त्यसैले मुटुरोग सचेतनाका कार्यक्रम विश्वभरिनै आवश्यकता छ । जसका कारण स्वास्थ्य मुटु सबैका लािग जहिले पनि, जहाँपनि सम्भव हुन सक्दछ । आज हामीले बालबालिकालाई साँघुरो घर–कोठामा थुनेर हुर्काउने गर्दछौं । अनी तिनीहरूको लत टिभी र मोबाइलमा बसाउँदछौं ।
ती बालबालिका सुतेर टिभी हेर्ने, मोबाइल चलाउने गर्दछन् । यस्ता गतिविधि मुटुका लागि फाइदाजनक छैनन् ।
कम्तीमा सोझो बसेर हेर्ने बानी गराऊँ । अनि खेल्ने चौर छैन भने धेरै थोरै हिड्न लगाऔं, योग अभ्यासहरू गर्न लगाऔं । बालबालिका अनि आफूहरू पनि फास्ट–फुड तथा पत्रु खाना खानबाट जोगिन सकेमा मुटुलाई जोगाउन सकिन्छ ।
मुटुरोग साइलेन्ट किलर हो । तपाईं हामीलाई थाहा नै नपाई मुटुरोग लागेको हुन सक्दछ । थाहा नै नपाइ यसले ज्यान लिन सक्दछ ।
जानेर नजानेर, अनि हेल्चक्राइँका कारण हाम्रो जीवनशैली, आहार–विहार ठिक छैन, खानपान पद्धति, चाडवाड मान्ने पद्धति ठिक छैन ।
मुटु सचेतना अभियान व्यापक बनाउन नसकेमा विश्वमा मुटु रोगीको संख्या अरू व्यापक हुन सक्दछ । अनि मुटुरोगबाट मृत्यु हुने संख्या अझै बढ्न सक्दछ ।
त्यसैले यस्ता प्रक्रिया र पद्धतिमा सुधार ल्याउनु पर्दछ । मुटुरोगबाट बच्न धूमपान, मध्यपान त्यागौं । मोटोपना नियन्त्रण गर्न वैकल्पिक उपाया गरौं, नियमित व्यायम गरौं ।
अनि सन्तुलित खाना खानेमा ध्यान दिऔं । जीवनशैली व्यवस्थापन गरी तनाव घटाऔं । नुन, चिनी, तेल कम खाऔं, जंकफुड, तारेको, भुटेको खाने कुरा नखाने वा कम खाने गरौं ।
दैनिक हिड्ने वा व्यायाम गर्नेलाई ख्याल गरौं । यसरी मन लगाउने र मुटु बचाउनेमा ख्याल गर्न सक्दछौं ।
मुटु सचेतना अभियान व्यापक बनाउन नसकेमा विश्वमा मुटु रोगीको संख्या अरू व्यापक हुन सक्दछ । अनि मुटुरोगबाट मृत्यु हुने संख्या अझै बढ्न सक्दछ ।
जुन स्वास्थ्य क्षेत्रको पहुँच बाहिर पुग्न सक्दछ । त्यसैले अहिले राज्यको साथै नेपाल हृदयरोग निवारण प्रतिष्ठान जस्ता मुटुरोग रोकथामको क्षेत्रमा स्वयं सेवी अभियान गरिरहेका संस्था र स्वयंसेवकको खाँचो बढेको छ ।
ढकाल नेपाल हृदयरोग निवारण प्रतिष्ठानका गण्डकी प्रदेश संयोजक हुन्
तपाईको प्रतिक्रिया