चाेटका कारण सेरेना फ्रेन्च ओपनबाट बाहिरिइन
समाधान संवाददाता
२०७७ असोज १४ गते १८:१३

एजेन्सी
सर्वाधिक एकल ग्रान्डस्लाम टेनिस उपाधि जित्ने महिला खेलाडीका रुपमा कीर्तिमान बराबरी गर्ने प्रयासमा रहेकी सेरेना विलियम्स जारी फ्रेन्च ओपनबाट बाहिरिएकी छिन्।
दोस्रो चरणमा स्वेताना पिरोन्कोभासँग खेल्नुअघि ३९ वर्षीया सेरेनाले चोटका कारण नाम फिर्ता लिएकी हुन्। यसअघि पहिलो चरणमा उनले सोझो सेटमा जित हात पारेकी थिइन्। उनको कुर्कुच्चाको माथि चोट रहेको छ।
सन् २०१७ को अस्ट्रेलियन ओपन जितेयता सेरेनाले कुनैपनि एकल ग्रान्डस्लाम हात पार्न सकेकी छैनन्। यसबीचमा उनी चार पटक ग्रान्डस्लामको फाइनल पुगेकी उपविजेतामा सिमित भइन्।
मारगरेट कोर्टको नाममा रहेको २४ एकल ग्रान्डस्लाम जित्ने कीर्तिमान बराबरी गर्नबाट उनी एक उपाधिले मात्र पछाडि छिन्। केही साताअघि सम्पन्न यूएस ओपनमा उनी सेमिफाइनलसम्म पुगेकी थिइन्।
सम्बन्धित









बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया