लयमा छन् नाडाल, तेश्राे चरणमा प्रवेश

एजेन्सी
फ्रेन्च ओपन टेनिसको उपाधिमाथि १२ पटकका कब्जा गरिसकेका राफायल नाडाल साेही प्रतियाेगिताकाे तेस्रो चरणमा प्रवेश गरेका छन् । अमेरिकी खेलाडी म्याकेन्जी म्याकडनल्डलाई पराजित गरेर स्पेनिस नाडाल तेस्रो चरणमा प्रवेश गरेका हुन् ।
चार वटा ग्राण्डस्लाम मध्ये नाडाल यसमा बढी सफल छन् । खेल जीवनमा उनले १९ ग्राण्डस्लाम उपाधि जितेका छन् । ती मध्ये १२ वटा र फ्रेन्च अाेपन कै हाे । त्यसैले उनी यस पटक पनि याे उपाधिका प्रमुख दावेदार हुन् ।
३४ वर्षका दोस्रो बरियताका नाडालले २५ वर्षका म्याकडनल्डलाई ६–१, ६–० र ६–३ को सेटमा पराजित गरेका हुन् ।
१९ पटक ग्राण्डसलाम उपाधि जितेका नाडालले सन् २००५ यता मात्रै दुईपटक फ्रेन्च ओपनको खेलमा हार बेहोरेका छन् । उनी लगातार चौथो वर्ष फ्रेन्च ओपनको उपाधि उचाल्ने होडमा छन् ।
यसैगरी छैटौँ बरियताका एलेक्सान्डर स्वेरेभ पनि तेस्रो चरणमा प्रवेश गरेका छन्।
चार घण्टा लामो खेलमा फ्रान्सेली खेलाडी पिएर–ह्युग्स हर्बर्टलाई पाँच सेटमा पराजित गरेर स्वेरेभले अघिल्लो चरणमा स्थान बनाएका हुन् । स्वेरेभले २–६, ६–४, ७–६ (७–५), ४–६ र ६–४ को सेटमा जित निकालेका हुन्।









बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया