पोखराको सेती खोँचमा खसेर युवकको मृत्यु, पहिचान खुलेन
समाधान संवाददाता
२०७७ असोज १६ गते १७:४५

समाधान संवाददाता, पोखरा
पोखराको सेती नदी खोँचमा खस्दा १ जनाको मृत्यु भएको छ । शुक्रबार पृथ्वीचोक र रंगशाला जोड्ने चाइना पुलको खोँचमा खस्दा अन्दाजी २०/२२ वर्षका युवकको मृत्यु भएको हो ।
बिहान ९ बजे बाटोबाट खोँचमा मान्छे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता सुवास हमालका अनुुसार प्रहरीले उनलाई साढे १० बजे उद्धार गरेको थियो ।
अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । ‘अनुसन्धान जारी छ, अहिलेसम्म नाम, थर केही खुलेको छैन,’ हमालले समाधानसँग भने ।
सम्बन्धित









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया