युनाइटेड क्लबमा राजु श्रेष्ठ

समाधान संवाददाता, पोखरा
युनाइटेड क्लब पोखराको अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन् । शुक्रबार सम्पन्न क्लबको ११ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले राजु श्रेष्ठलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनबाट क्लबको प्रथम उपाध्यक्षमा लोकबहादुर थापा, द्वित्तीय उपाध्यक्षमा गणेश तिमिल्सिना, महासचिवमा शान्तबहादुर थापा, कोषाध्यक्षमा सूर्यबहादुर वानिया, सचिवमा दिनेश सुनार र सहकोषाध्यक्षमा पूर्णकला पोखरेल चयन भए ।
त्यसैगरी सदस्यहरुमा सीमा राई गुरुङ, जयराम आचार्य, सन्तोष कार्की, पूर्णकुमार श्रेष्ठ, विष्णुकुमार गुरुङ, देवानी सुवेदी, शिव थापा र चन्द्रा पराजुली चयन भएका छन ।
अधिवेशनपछि नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले लिएको उद्देश्यमानै आफ्नो कार्यसमिति लागि पर्ने प्रतिवद्धता जनाए ।
युनाइटेड क्लबले स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा चिडियाखाना निर्माण, सेती नदी संरक्षण र विपद व्यवस्थापन अन्तर्गत प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको र सोही अनुरुप अगाडि बढ्दै आफ्नो कार्यकालमा असहाय जेहेन्दार विद्यार्थीहरुलाई क्लबले अध्ययन गराउने लक्ष्य रहेको बताए ।
त्यसैगरी युनाइटेड क्लबको पहलमा यतिबेला पोखराको लेखनाथस्थित पचभैयामा निर्माणाधीन पोखरा जुलोजिकल पार्कमा केही विवाद उत्पन्न भई अदालती प्रक्रियामा रहेको र आफ्नो कार्यकालमा उक्त विवाद सुल्झाउनका लागि प्रत्यत्न गर्ने बताए ।
क्लबले लेखनाथमा आफ्नो भवन निर्माणका लागि जग्गा समेत लिइसकेको र यही कार्यकालमा क्लब विस्तारसँगै क्लबको आफ्नै भवन निर्माणको लागि पहलकदमी थाल्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए ।
यसैविच निवर्तमान अध्यक्ष लालकाजी गुरुङले आफ्नो कार्यकालमा विपद ब्यवस्थापन कोष स्थापना गरेको र आपद विपदमा परेकोलाई सहयोग गर्न क्लब सक्षम रहेको बताए ।
त्यसैगरी क्लबले आफ्नो कार्यकालमा विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागी गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, वडा नम्बर १० र १२ लाई समेत सहयोग गरेको र हालै पोखरा २७ अर्चलेमा ५ रोपनी जग्गा खरिद गर्न समेत सफल भएको बताए ।
हालै खरिद गरिएको जग्गामा क्लबको उद्देश्य बमोजिम काम गर्न समेत आफू सदैव तयार रहेको उनको भनाइ थियो ।
यसैबीच अधिवेशन पूर्व सम्पन्न साधारण सभामा कोषाध्यक्ष गणेश तिमिल्सिनाले आर्थिक वर्ष २०७६÷७७ को आर्थिक प्रतिवेदन र महासचिव शान्तबहादुर थापाले आर्थिक वर्ष २०७६÷७७ को कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया