फेरि चम्के क्रिस गेल, पन्जाब चाैथाे स्थानमा

एजेन्सी ।
सुरुका ७ मध्ये ६ खेल हारेर अंक तालिकाकाे पुच्छारमा रहेकाे किङ इलेवेन पन्जाबले शानदार कमब्याक गर्दै अन्तिम ५ मध्ये पाँचै खेल जितेर प्ले अफमा पुग्ने बलियाे सम्भावना देखाएकाे छ ।
जुन बेलासम्म क्रिस गेल ११ जना खेलाडी भन्दा बाहिर थिए, त्याे बेलासम्म उसकाे हालत खराब थियाे जब गेल प्लेइङ इलेवेनमा परेर उसकाे भाग्य नै बदलियाे । गेलले राम्राे प्रदर्शन गरेकाे खेल हाेस वा अन्य टिम विजयी भएकै छ ।
किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि सानदार जित निकालेको छ ।
दुवै टिम अन्तिम ४ मा पर्नका लागि प्रतिस्पर्धी हुन । तर साेमबारकाे खेल जितेर पन्जाबले काेलकातालाई पाँचाैमा धकेलेर आफू चाैथाेमा उक्लेकाे छ । अंक दुवैकाे समान १२–१२ भए पनि रन रेटका आधारमा पन्जाव माथि उक्लेकाे हाे ।
सारजाहमा सोमबार राति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको हो ।
सारजाह क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
पन्जाबको जितमा क्रिस गेल र मन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका गेलले २९ बलमा ५१ रन बनाए । उनले आईपीएलमा पन्जाबका लागि १ हजार रन समेत पुरा गरे ।
मन्दिप ६६ रनमा अविजित रहे । यस्तै कप्तान केएल राहुलले २८ रन बनाए ।
कोलकाताका लक्की फर्गुसन र वरुण चक्रवर्तीले विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।
कोलकाताका लागि शुबमन गिलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गनले ४० रनको योगदान गरे ।
खराब सुरुवात गरेको कोलकाताका लागि गिल र मोर्गनले चौंथो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए ।
यस्तै लक्की फर्गुसन २४ रनमा अविजित रहे ।
कोलकातालाई सस्तैमा समेट्न पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै रबि बिश्नोई र क्रिस जोर्डनले २/२ विकेट लिए । ग्लेन म्याक्स्वेल र मुरुगान आश्विनले १/१ विकेट लिए ।
यस जितसँगै पन्जाबले कोलकाताविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा कोलकाताले पन्जाबलाई २ रनले हराएको थियो ।
तपाईको प्रतिक्रिया