दिल्ली लगातार तीन खेलमा पराजित

एजेन्सी ।
यस पटककाे इण्डियन प्रिमियम लिग आईपीएलमा सुरुवाती खेलमा धमाका मच्चाएकाे दिल्ली क्यापिटलले लिगकाे अन्तिम चरण तिर आउदा कमजाेर प्रदर्शन गरेकाे छ ।
सुरुवाती ९ खेल मध्ये ७ खेल जितेर लिगकाे शीर्ष स्थानमा पुगेकाे दिल्ली पछिल्ला ३ खेल लगातार हारेर तेश्राे स्थानमा खुम्चिएकाे छ । १२ खेल खेलेकाे दिल्लीकाे १४ अंक छ भने ११–११ खेल खेलेका मुम्बई र बेङ्ग्लाेर १४–१४ अंकका साथ क्रमश पहिलाे र दाेश्राे स्थानमा छन् ।
मंगलबार रातीकाे खेलमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई लज्जाजनक रुपमा ८८ रनले हराएको छ ।
दुबईमा भएको खेलमा दिल्लीसामु हैदरावादले जितका लागि २२० रनको लक्ष्य पेश गरेको थियो । जवाफमा दिल्ली १९ ओभरमा अलआउट हुँदै १३१ रनमात्र बनाउन सक्यो ।
दिल्लीका लागि ऋषभ पन्तले दिल्लीका लागि ऋषभ पन्तले ३६, अजिक्य रहाणेले २६ र तुषार देश पाण्डेले नटआउट २० रन बनाए ।
हैदरावादका लागि राशिद खानले चार ओभरमा केबल सात रन दिएर तीन विकेट लिए । सन्दीप शर्मा र टी नटराजनले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१९ रन बनाएको थियो । ४५ बलमा ८७ रन बनाएका ऋद्धिमान साह म्यान अफ द म्याच भए । डेभिड वार्नरले ६६ रन बनाए । मनिष पाण्डे ४४ र केन विलियम्सन ११ रनमा नटआउट रहे ।
यो पाँचौ जितसँगै हैदरावादले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । हैदरावाद १० अंकका साथ छटौं नम्बरमा छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया