उत्पादनलाई बजार लैजान वालिङ नगरपालिकाले सहयोग गर्ने

समाधान संवाददाता, वालिङ
वालिङ नगरपालिकाले किसानको उत्पादन बजारीकरणका लागि सघाउने भएको छ ।
नगरका मेयर दिलीपप्रताप खाँणले व्यक्तिगत वा सामूहिकरुपमा उत्पादित कृषिजन्य वस्तुको उत्पादनमा जोड दिन किसानसँग आग्रह गरे । उनले उत्पादित वस्तुको बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाए ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाले व्यवस्थापन गरेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत नगरभित्रका कोभिड १९ प्रभावित १ हजार किसान तथा विभिन्न उत्पादक सहकारीहरुलाई बिउबिजन तथा कृषि औजार वितरण गर्दै मेयर खाँणले आधुनिक कृषि प्रणालीका लागि आवश्यक तालिम तथा आधुनिक औजार, उपकरणहरु वितरण गर्दै जाने उल्लेख गरे ।
कार्यक्रममा वालिङ नगरपालिकाका विभिन्न वडाका १५ उत्पादक सहकारीमार्फत खेतीगरी उत्पादन बढाउने उद्देश्यले बिउबिजन तथा कृषि औजार हस्तान्तरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिइन् ।
कार्यक्रम अन्तर्गत संस्थाले नगरपालिकाका विभिन्न स्थानमा नर्सरी बनाउनुका साथै आवश्यकता अनुसार कृषि औजार वितरण गरेको छ । किसान तथा कोभिड प्रभावितहरुको मागका आधारमा तालिम समेत सञ्चालन भइरहेको छ ।









आफ्नै जन्मथलो कास्की-३ बाट चुनाव लड्न दाहाललाई आग्रह: बुहारी सिर्जनासहित १५ जनाको आकांक्षा
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया