थप २५६९ जनालाई कोरोना, संक्रमित संख्या २ लाख नाघ्यो

समाधान संवाददाता २०७७ कार्तिक २६ गते १७:०५

काठमाडौं

नेपालमा बुधबार २ हजार ५६९ जना संक्रमित थपिएका छन् ।

योसहित कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म २ लाख २ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११ सय ७४ पुगेको छ ।

Advertisement

यसैगरी हालसम्म कुल १ लाख ६२ हजार २४३ जना निको भएका छन् भने १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण भएको छ ।

बुधबार १ हजार ६६६ जना निको भएका छन् । यस्तै ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना निको हुने दर ८० प्रतिशत रहेको छ भने अझै क्वारेन्टिनमा ११०९ जना रहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया