मुस्ताङकी कांग्रेस नेतृ शेरचनको निधन

एसके थकाली, जोमसोम
नेपाली कांग्रेस मुस्ताङले जुझारु महिला कार्यकता गुमाएको छ ।
लामो समयदेखि नेपाली कांग्रेस मुस्ताङको सांगठनिक विस्तार तथा विभिन्न सामाजिक कार्यमा सक्रिय थासाङ गाउँपालिका—५ ताक्लुङकी ७४ वर्षिया शान्ताकुमारी शेरचनको आज काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनको आजै काठमान्डौंमा अन्त्येष्टि गरिएको परिवार स्रोतले जनाएको छ । कांग्रेसकी महिला अभिभावक शेरचनको जन्म विसं २००३ सालमा भएको थियो ।
नेपाली कांग्रेस मुस्ताङको थासाङ—५ की महिला अध्यक्ष शेरचन ताक्लुङ आमा समुहको पूर्वअध्यक्ष र ताक्लुङ आधारभूत विद्यालयको व्यवस्थापन समितिको पूर्व अध्यक्ष हुन् ।
उनले राजनितिसँगै जिल्लामा हुने सामाजिक विकृतिविसंगती, कुरीति, कुसंस्कार, जातीय विभेद र लैङ्गिक असमानताको विरुद्धमा निरन्तर आवाज उठाउँदै आएकी थिइन् ।
शेरचनको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेता तथा पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकालीले पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरे । पूर्व वाणिज्यमन्त्री गौचन थकालीले मुस्ताङ कांग्रेसकी महिला अभिभावक शेरचनको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताए ।
उनले मुस्ताङ काँग्रेसले एक इमान्दार र कर्तव्यनिष्ठ प्रजातान्त्रिक महिला अभिभावक गुमाएकोमा गहिरो दुख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया