३ दिनको मौसम कस्तो रहला ?

काठमाडौँ
पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ ।
तुलानात्मक रुपमा यो वर्ष चाडैंदेखि जाडो सुरु भएको र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्लालगायतका क्षेत्रमा हिमपात भएको छ भने केहि स्थानमा हल्का वर्षासमेत भएको छ । वर्षा र हिमपातका कारण चिसो थप बढेको महाशाखाका मौसमविद्हरुले बताएका छन् ।
प्रदेश १ र सुदुरपश्चिम प्रदेशका केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज देशका पहाडी भूभागको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशको भूभाग तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविदले जानकारी दिएका छन्।
यस्तो हुनेछ तीन दिनको मौसम
मंसिर ०३ गते (बुधबार):
दिउँसो : प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशको भू-भाग, बाँकि पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर ०४ गते (बिहिबार):
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर ०५ गते (शुक्रबार):
दिउँसो : प्रदेश नं १ र सुदुर पश्चिमको पहडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया