३३ लाख ५० हजारको लागतमा उद्यान निर्माण

रासस
सिन्धुलीको फिक्कल गाउँपालिकाले उद्यान निर्माण गरेको छ । गाउँपालिका–५ सोल्पाठानामा ‘उद्धव स्मृति उद्यान’ निर्माण गरिएको हो ।
साविक सोल्पाठना गाउँ विकास समितिमा २०५४ सालमा निर्वाचित अध्यक्ष उद्धव खड्काको सम्झनामा उद्यान निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन् । उपचारका क्रममा कार्यकालमा नै उनको निधन भएको थियो ।
फिक्कल गाउँपालिकाको रु १९ लाख ५० हजार र सङ्घीय सांसद कोषको रु १४ लाख गरी कूल ३३ लाख ५० हजारमा उद्यान निर्माण गरिएको उनले जानकारी दिए ।
उद्यानमा पोखरी, छतसहितको प्रतीक्षालय, मञ्च, चिनियाँ दुबोको बगैँचा तथा बस्ने चौतारा छन् ।
उद्यान निर्माणले गाउँपालिकामा आउने पर्यटकका लागि अवलोकनस्थल पनि निर्माण भएको छ ।
यसबाट राजनीतिमा लागेका व्यक्तिलाई असल काममा लाग्न प्रेरणा मिल्ने पनि उनले बताइन् ।
खड्कालाई विकासप्रेमी र दूरदर्शी नेताका रुपमा स्थानीयवासीले चिन्ने गरेका छन् ।
विसं २०५४ मा निर्वाचित भएपछि खड्काले यस क्षेत्रमा मोटर बाटो र बिजुली बत्ती ल्याउने गरेको सङ्कल्प आज पूरा भएको स्थानीयवासीको भनाइ छ ।









संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया