बोटे सामुदायिक घरवास सञ्चालन

चितवन
चितवनको माडीमा बोटे सामुदायिक घरवास सञ्चालनमा आएको छ ।
माडी नगरपालिका–१ वनकट्टास्थित बोटेटोलमा रहेका १० घरवास सञ्चालनमा आएका हुन् ।
मङ्सिर महिनादेखि घरवासमा पाहुना आउन शुरु गरेको अध्यक्ष सन्तोषप्रसाद बोटले जानकारी दिए । उनले पाहुना आउन थालेपछि गाउँलेमा खुशी र उत्साह जागेको बताए ।
प्रत्येक घरवासमा चार जनासम्म बस्न मिल्ने व्यवस्था गरिएको छ । अन्य दुई घरवास निर्माणको चरणमा छन् । आवश्यकतानुसार क्षमता बढाउँदै लैजाने तयारी गरिएको छ ।
घरवासको औपचारिक उद्घाटन गर्न भने बाँकी रहेको अध्यक्ष बोटले जानकारी दिए ।
माडी नगरपालिका, पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समिति र तराई भूपरिधि कार्यक्रम (ताल) को सहयोगमा घरवास निर्माण गरिएको हो ।
शान्त वातावरणमा सञ्चालित घरवासमा बसेर रमणीय दृश्यावलोकन गर्नुका साथै नदी किनारमा आएका जङ्गली जनावर पनि देख्न सकिने भएकाले पर्यटकका लागि बोटे घरवास आकर्षणको केन्द्र बन्ने कोषाध्यक्ष जगनारायण बोटले बताए ।
घरवासमा आउने पाहुनालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले माडी नगरपालिका र स्वीच प्रोजेक्टको सहयोगमा बोटे सामुदायिक सांस्कृतिक भवन निर्माण भइरहेको उनले जानकारी दिए ।









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया