पोखराका विद्यालय खुलाउने बाटो खुल्यो

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिकाले विद्यालयहरु सञ्चालन सम्बन्धी ढाँचा तयार गरेको छ । महानगरपालिकाको शिक्षा महाशाखाले ती मापदण्ड पूरा गरी तोकिएको ढाँचाअनुसार विद्यालय सञ्चालन गर्न सकिने बताएको छ ।
कोभिड १९ को महामारीलाई ख्याल गर्दै महानगरको उक्त समितिले मोडालिटी तय गरेको हो ।
विद्यालय सञ्चालन गर्दा अवलम्बन गर्न सकिने मोडालिटी सम्बन्धी सूचना महाशाखाले मंगलबार सार्वजनिक गरेको छ । यसअघि महानगरपालिकामा केही दिनअघि सर्वदलीय बैठकसमेत बसेको थियो ।
महाशाखाले कोभिड १९ को जोखिम न्यून रहेका, विद्यार्थी संख्या न्यून भएका विद्यालयको सेवा गरेका र विद्यालयको भौतिक अवस्थाले भौतिक दुरी कायम गर्न सक्ने भएमा सम्बन्धित वडा कार्यालयमा विद्यालय सञ्चालन सम्बन्धी कार्ययोजना पेस गरी विद्यालयमा प्रत्यक्ष विधिमार्फत नियमित सञ्चालन गर्न सक्ने बताएको छ ।
शिक्षा महाशाखा हेमप्रसाद आचार्यका अनुसार पढाइ सञ्चालनसम्बन्धी कार्ययोजना पुस १ भित्रै पेस गर्न भनिएको छ ।
‘विद्यालयको भौतिक अवस्था र विद्यार्थी संख्याको आधारमा विद्यार्थीहरुलाई एकै सिफ्ट वा फरकफरक सिफ्ट बनाइ कक्षा सञ्चालन गर्न सक्ने, भौतिक दुरी कायम गर्दा सबै कक्षा एउटै समयमा सञ्चालन गर्न सम्भव नभए फरक दिनमा फरक कक्षाका विद्यार्थीहरुलाई कक्षा कोठामा नै अध्यापन गर्न सकिने,’ महाशाखाको सूचनामा भनिएको छ, ‘एउटा सिफ्टमा दैनिक अधिकतम् ४ घण्टाभन्दा बढी समय कक्षा सञ्चालन नगर्ने । क्याम्पस सञ्चालनको हकमा कार्ययोजना तयारी गरी महानगरपालिकावाट स्वीकृत गराएर मात्र सञ्चालन गर्ने ।’
यसअघि महानगरपालिका शिक्षा महाशाखावाट जारी गरिएको कोभिड—१९ स्वास्थ्य सम्बन्धी मापदण्डाचाहिँ अनिवार्य पालना गर्नुपर्ने महाशाखाको सर्त छ ।
‘विद्यालय सञ्चालन गर्दा एक भन्दा बढी सिफ्टमा सञ्चालन गर्नुपरे तल्लो कक्षाका विद्यार्थीहरुलाई दिवा सिफटमा र माथिल्लो कक्षाका विद्यार्थीहरुलाई बिहानी वा सन्ध्याकालिका सिफ्टमा सञ्चालन गर्ने,’ सूचनामा उल्लेख छ ।
महाशाखाले नामै उल्लेख गरी गण्डकी आवसीय मावि सिर्जना बहिरा आवासीय मावि, सहिद स्मृति आमावि, सैनिक आमावि र धार्मिक विद्यालयहरु आवासगृहलाई पूर्ण रुपमा कोभिड—१९ को मापदण्ड पूरा गरी सञ्चालन गर्नुपर्ने बताएको छ ।
अनलाइन कक्षामार्फत विद्यालय सञ्चालन गर्न पनि सक्ने बाटोलाई महाशाखाले खुला नै राखेको छ ।









आफ्नै जन्मथलो कास्की-३ बाट चुनाव लड्न दाहाललाई आग्रह: बुहारी सिर्जनासहित १५ जनाको आकांक्षा
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया