थपिए ११६ संक्रमित, १ जनाको मृत्यु

समाधान संवाददाता २०७७ मंसिर २७ गते २०:३१

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा शनिबार १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ३ सय ८० स्वाब परीक्षण गर्दा ८ जिल्लाका १ सय १६ जनामा पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका ६९, नवलपुरका २३, तनहुँका १८, पर्वतका २, गोरखा, बागलुङ, लमजुङ र स्याङ्जाका १/१ जना छन् । योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ५१ पुगेको छ ।

Advertisement

शनिबार १ सय २ जना निको भए । योसहित निको हुनेको संख्या ७ हजार ६ सय ९८ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा थप १ संक्रमितको मृत्यु पुष्टि भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १ का ७६ वर्षे वृद्धको शुक्रबार मृत्यु भए पनि निर्देशनालयले शनिबार मृत्यु पुष्टि गरेको हो । २५ मंसिरमा कोरोना पुष्टि भएको ती वृद्धको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

Advertisement

योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८२ पुगेको छ । कास्कीका १०२, नवलपुरका २०, तनहुँका १९, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया