अन्तत पछि हटे प्रधानमन्त्री, अध्यादेश फिर्ता लिन सहमत, स्थायी कमिटी बैठकमा सहभागी
समाधान संवाददाता
२०७७ पुष १ गते १६:४१
समाधान संवाददाता, पाेखरा ।
चाैतर्फी दवाव पछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् ।
यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन् ।
स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीचकाे छलफलपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया