मेस्सी र राेनाल्डाेकाे युग समाप्त, लेवान्डाेस्की बने उत्कृष्ठ वर्ष फुटबलर

एजेन्सी
लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पछि पारेर रोबर्ट लेवान्डोस्कीले वर्षको उत्कृष्ट फुटबलरको अवार्ड जितेका छन् ।
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले हरेक वर्ष प्रदान गर्दै आएको बेस्ट फिफा फुटबल अवार्डमा बार्यन म्युनिखका लेवान्डोस्कीले वर्ष पुरुष खेलाडीको अवार्ड जितेका हुन् ।
ज्यूरिचमा भएको समारोहमा पोल्याण्डका स्ट्राइकरले गएको वर्षका विजेता बार्सिलोनाका लियोनल मेस्सी तथा युभेन्टसका रोनाल्डोलाई पछि पारेका हुन् ।
३२ वर्षका लेवान्डोस्कीले गएको सिजन ४७ खेलमा ५५ गोल गरेर जर्मन जाइन्टलाई तीन उपाधि दिलाएका हुन् । उनी बुण्डेस लिगा, लिग कप तथा च्याम्पियन्स लिगको उपाधि दिलाउने क्रममा सर्वाधिक गोलकर्ता पनि बने ।
यस्तै महिला वर्ष खेलाडीको अवार्ड म्यानचेस्टर सिटीकी लुसी ब्रोन्जीले जितेकी छन् ।
राष्ट्रिय टिमका कप्तान, प्रमुख प्रशिक्षक, समर्थकले अनलाइन मार्फत गरेका मत तथा २०० खेल पत्रकारको मतका आधारमा विजेताको घोषणा गरिएको हो ।
लेवान्डोस्कीले पहिलो पटक अवार्ड जितेका हुन् । यसअघिका वर्षहरुमा सामान्यतया मेस्सी र रोनाल्डोले जित्दै आएका थिए ।
यो सिजन पनि लेवान्डोस्कीले राम्रो प्रदर्शन गरिरहेका छन्, उनले बार्यनका लागि १४ खेलमा १६ गोल गरिसकेका छन् ।
लेवान्डोस्कीले अवार्ड जित्नु र त्यो अवार्ड मेस्सी र रोनाल्डो जस्तो खेलाडीसँग जोडिएको हुनु ठूलो गर्वको कुरा रहेको बताएका छन् ।
लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्प उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । यस्तै बार्यनका म्यानुएल नूयर उत्कृष्ट गोलरक्षक भ एभने सन हेङ्ग–मिनले गएको सिजन बर्नलीविरुद्ध गरेको गोलले पुस्कास अवार्ड जित्यो ।
यस्तै बेलायतमा बाल गरिबी अन्त्यका लागि गरेको प्रयासका लागि म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कस राशफोर्डलाई फिफा फाउन्डेशन अवार्ड दिइएको छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया