गण्डकीमा कोरोना संक्रमित संख्या १४ हजार नाघ्याे, १७३६ जना सक्रिय
समाधान संवाददाता
२०७७ पुष ६ गते १७:०७

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ । सोमबार थप ७९ जना कोरोना संक्रमित थपिएसँगै संक्रमित संख्या १४ हजार १९ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ४३८ स्वाब परीक्षण गर्दा ७९ जनामा पोजेटिभ देखिएको हो । सोमबार कास्कीका ३४, नवलपुरका १७, तनहुँका १२, लमजुङका ६, स्याङ्जाका ५, पर्वतका ३, बागलुङ र म्याग्दीका १/१ जनामा पोजेटिभ देखिएको हो ।
सोमबार ५२ जना निको भए । योसहित कुल १२ हजार ९६ जना निको भएका छन् । सक्रिय १७ सय ३६ संक्रमितमध्ये १५ सय ३६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
कुल संक्रमितमध्ये १ सय ८७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कास्कीका १ सय ६, नवलपुर र तनहुँका २०/२०, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ जना छन् ।
सम्बन्धित









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया