स्याङ्जाद्वारा नवलपुर पराजित

समाधान संवाददाता, पोखरा
विष्णु पाण्डेको अलराउण्ड प्रदर्शनमा स्याङ्जाले सोमबार नवलपुरमाथि २ विकेटको जित दर्ता गरेको छ ।
पोखरामा जारी गण्डकी प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको नवलपुरले जितका लागि २ सय १४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।
२ सय १४ रनको लक्ष्य पछ्याएको स्याङ्जाले खेलको २ बल बाँकी हुँदा लक्ष्य भेट्टायो । स्याङ्जाका लागि विष्णु पाण्डेले सर्वाधिक १ सय ९ बलमा ७५ रन जोडे ।
करुण पंगेनीको ४१, ईश्वर क्षेत्रीको २८ तथा अशोक श्रेष्ठको २७ रनको योगदानमा स्याङ्जाले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो ।
नवलपुरका कैलाश पंगेनीले ३ तथा विज्ञान गौतमले २ विकेट लिएपनि टोलीको हार भने जोगाउन सकेनन् ।
यसअघि टस जितेर व्याटिङ गरेको नवलपुरले ४७.१ ओभरमा पूरै विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो ।
नवलपुरका लागि दिपक डुम्र्रेले ५२ तथा सन्देश बस्नेतले ५० रनको अर्धशतकिय इनिङ्स खेले ।
नवलपुरलाई मध्यम स्कोरमै रोक्न स्याङ्जाका मिलन लुइटेलले ५ विकेट लिँदा विष्णु पाण्डेले २ विकेट हात पारे ।
खेलमा स्याङ्जाका विष्णु पाण्डे म्यान अफ द म्याच भए । मंगलबार घरेलु टोली कास्कीले तनहुँसँग प्रतिस्पर्धा गर्नेछ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया