ओली समूहको प्रशिक्षण सुरु, गण्डकीमा कोको खटिए ?

समाधान संवाददाता, पोखरा
केपी शर्मा ओली समूहले सात वटै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
मंगलबार बसेको ओली समूहको बैठकले महाधिवेशन २०७८ मंसिर २ गते टुंगो लगाएसँगै आज सात वटै प्रदेशमा प्रशिक्षण गर्न लागेको हो ।
प्रशिक्षणका लागि गण्डकीमा ओली समूहका ४ नेतालाई जिम्मेवारी दिइएको छ ।
गण्डकीमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल प्रशिक्षणका लागि खटाइएका छन् ।
यस्तै प्रदेश नं १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा। शिवमाया तुम्बाहाम्फे तोकिएको छ भने प्रदेश नं २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो जिम्मेवारी तोकिएको छ । पूर्वमाओवादी समूहका मणिचन्द्र थापा पछिल्लो समय ओली समूहमा लागेका हुन् ।
त्यस्तै वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल छन् । लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटालाई तोकिएको छ ।
त्यसैगरी कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य खटिएका छन् भने सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा। विन्दा पाण्डे तोकिएका छन् । पूर्वमाओवादी समूहका लेखराज भट्ट पनि पछिल्लो समय ओली समूहमा लागेका हुन् ।









विद्यार्थीलाई साइबर अपराधबाट जोगाउन सचेतना अभियान
आर्थिक सुधार गर्दै मझेरी सहकारी
कालिका बहुमुखी क्याम्पस ३५ वर्षमा
आफ्नै जन्मथलो कास्की-३ बाट चुनाव लड्न दाहाललाई आग्रह: बुहारी सिर्जनासहित १५ जनाको आकांक्षा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया