भेट्रान्स टेनिसकाे उपाधी विकास गुरुङलाई

रासस, गण्डकी ।
पोखरा सडक महोत्सवको पूर्वाद्र्धमा रेवान पोखराद्वारा आयोजित भेट्रान्स टेनिस प्रतियोगितामा एकलतर्फको उपाधि विकास गुरुङले तथा डबल्सतर्फको उपाधि नवीन जोडीले जितेको छ ।
पर्यटकीय क्षेत्र लेकसाइडको गुरुङ भिलेज टेनिस कोर्टमा सम्पन्न फाइनल खेलमा विकासले कर्ण तामाङलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्नुभयो ।
डबल्सतर्फ नवीन श्रेष्ठ र नवीन चालिसेको जोडीले विकास गुरुङ र सूर्य भुजेलको जोडीमाथि ३–६, ६–३ र सुपरटाइमा १०–८ को कठीन नतीजा निकाल्दै उपाधि आफ्नो पोल्टामा पा¥यो ।
प्रतियोगितामा एकलतर्फको विजेता तथा उपविजेता खेलाडीले रु १० हजार र पाँच हजारसहित ट्रफी र डबल्सतर्फका विजेता तथा उपविजेता खेलाडीलाई रु सात हजार र चार हजारसहित ट्रफीले पुरस्कृत गरिएको थियो ।
नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै खेलकूदको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल टेनिस सङ्घका उपाध्यक्ष विनोद कायस्थ, कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष दोर्जे लामा, प्रतियोगिता संयोजक लोक गुरुङलगायतले टेनिस खेलको विकासका लागि प्रतियोगिता महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
रेवान पोखराका उपाध्यक्ष नरेश भट्टराईले बुधबारदेखि पोखरामा शुरु हुन लागेको २२ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै महोत्सव सफल बनाउन सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य मापदण्ड अपनाएर महोत्सव रेष्टुराँ तथा बार एशोसिएशन (रेवान) पोखराले सरकारले जारी गरेका स्वास्थ्य मापदण्डको पालना गरेर सडक महोत्सव गर्ने जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि स्वास्थ्य मापदण्ड कडाइका साथ पालन गर्ने भएको हो ।
यही पुस १५ देखि १७ गतेसम्म हुने महोत्सवमा सहभागी हुँदा स्वास्थ्य मापदण्ड पालना गर्न २२ औँ पोखरा सडक महोत्सव स्वास्थ्य संयोजक भीष्मराज पौडेलले अनुरोध गर्नुभएको छ ।
महोत्सवमा आउँदा मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम गरी कार्यक्रम हेर्न र बेलाबेलामा साबुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न उहाँले सम्पूर्ण दर्शकलाई आग्रह गर्नुभएको छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया