भारतद्वारा अस्ट्रेलिया ८ विकेटले पराजित

मेलबोर्न, (रासस–एएफपी)
अस्ट्रेलियामा जारी भारत र अस्ट्रेलियाबीचको दोस्रो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई आठ विकेटले पराजित गरेको छ । यो जितसँगै चार टेस्टको शृंखला १–१ को बराबरीमा पुगेको छ ।
भारतीय टिमका कार्यवाहक कप्तान अजिन्क्य रहाणेले उत्कृष्ट प्रदर्शन गरेर भारतको जितको आधार तयार पारेका थिए । रहाणेले दोस्रो पारीमा पनि अविजित २७ रन बनाएका थिए ।
उनले पहिलो इनिङमा पनि ११२ रनको उत्कृष्ट पाली खेलेका थिए । अस्ट्रेलियाले प्रस्तुत गरेको ७० रनको झिनो लक्ष्य भारतले दुई विकेटको क्षतिमा पूरा गरेको थियो ।
यी दुबैबीच एडिलेडमा भएको पहिलो टेस्ट खेलमा भारत अस्ट्रेलियासँग नराम्रोसँग पराजित भएको थियो । भारतीय टोली दोस्रो इनिङमा ३६ रनमै समेटिएपछि भारतीय टोलीको चर्को आलोचना भएको थियो ।
पहिलो टेस्ट खेलेका नियमित कप्तान बिराट कोहली विदामा बसेपछि दोस्रो टेस्टका लागि अजिन्क्य रहाणेलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । पहिलो इनिङमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलियालाई १९५ रनमै सीमित गरेको थियो ।
जवाफमा कप्तान रहाणेको ११२ रनको मद्दतले भारतले ३२६ रनको मध्यम स्कोर खडा गरेको थियो । तर भारतीय बलरसामु अस्ट्रेलियाका खेलाडीले दोस्रो इनिङमा पनि खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
दोस्रो इनिङमा अस्ट्रेलियाली टोली सबै विकेट गुमाएर २०० रनमै समेटिएको थियो । अब दुबै टीमबीच सिड्नीमा जनवरी ७ देखि तेस्रो तथा जनवरी १५ मा ब्रिस्बेनमा चौथो तथा अन्तिम टेस्ट हुनेछ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया