मुक्तिनाथ खोल्न पहल

एसके थकाली
जोमसोम, १६ पुस
गएको साल पुसको यो चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लाग्थ्यो । सोह्र श्राद्ध, दशैं, तिहारताका त थामि नसक्नु दर्शनार्थी हुन्थे । तर, यो वर्ष सुनसान बन्यो ।
कोभिड–१९ कारण ९ महिनादेखि मुक्तिनाथ धाम बन्द छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले अब भने मुक्तिनाथ मन्दिर खोल्न पहल अघि बढाएको छ । कोरोना कहरकै कारण मुक्तिनाथ मन्दिर गत चैत्र १० गतेदेखि बन्द छ । वारागुङ मुक्तिक्षेको अगुवाइमा जनप्रतिनिधि गाउँ मुखिया, कर्मचारी, सरोकारवाला र स्थानीयबीच चाँडोभन्दा चाँडो सर्वसाधारणका लागि दर्शन खुला गर्ने सहमति भएको छ ।
अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङको अध्यक्षतामा बिहीबार बसेको बैठकले अब मुक्तिनाथ मन्दिर खोल्न ढिला गर्न नहुने निश्कर्ष निकालेको छ । बैठकपछि अध्यक्ष गुरुङले अंग्रजी नया वर्षकै सन्दर्भ पारेर मुक्तिनाथ खोल्ने गृहकार्य भइरहेको जानकारी दिए । ‘७७ वटा जिल्ला मध्ये मुस्ताङमा मात्र कोरोना जोखिम रोक्न बन्दाबन्दी थियो । सरकारले पनि कोरोना रोकथामका लागि तदारुकता देखाएको थिएन,’ अध्यक्ष गुरुङले भने ‘कोरोना रोकथामका लागि मुखिया र गाउँलेले बन्दाबन्दी गरेका थिए । अब मुस्ताङ ग्रीन जोन भएको छ ।’
अध्यक्ष गुरुङले मुक्तिनाथ मन्दिर खोल्न र मुस्ताङमा अघोषित निशेधाज्ञा अन्त्य गर्न विभिन्न सरोकारवाला निकायबाट गुनासो र दबाब आएकाले मुक्तिनाथ खोल्ने निश्र्कषमा पुगेको बताए । मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्धमार्गीको साझा तीर्थस्थल हो । अध्यक्ष गुरुङले मुक्तिनाथ मन्दिर जिल्लाको मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको तीर्थस्थल भएको बताए ।
अध्यक्ष गुरुङले मुक्तिनाथ मन्दिर खुल्ला भएको अवस्थामा जिल्लाको आर्थिक समृद्धि, पर्यटन, रोजगार र भत्तजनको हित हुने भएकाले यसमा सबैको सामूहिक पहल हुन आवश्यक भएको औंल्याए । अध्यक्ष गुरुङले मुक्तिनाथ खुला गर्नुअघि कोभिड—१९ को जोखिम न्यूनीकरणका लागि आवश्यक सुरक्षा मापदण्डको पूर्ण तयारी र बन्दोबस्त हुनुपर्नेमा जोड दिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया