घान्द्रुक माघदेखि खुल्ने

समाधान संवाददाता, पोखरा
कोरोना महामारीका कारण बन्द कास्कीको पर्यटीकय गाउँ घान्द्रुकका होटल माघदेखि खुल्ने भएका छन् । घान्द्रक पर्यटन व्यवस्थापन समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी माघ १ गतेदेखि होटल खुल्ने जानकारी दिएको हो ।
सरकारले तोकेका सबै मापदण्ड पालना गरेर घान्द्रुक ९ महिनापछि पर्यटकका लागि खोल्न लागिएको समिति अध्यक्ष किसम गुरुङले बताए । नेपालको घुम्नैपर्ने गाउँ र एसियाको १३ सुरम्य गन्तव्यमा सूचिकृत घान्द्रक गाउँ अन्नपूर्ण चक्रीय पदमार्गमा पर्छ । घान्द्रुक बन्द हुँदा टाढापानी, देउराली, घोरेपानी जाने पर्यटक समस्यामा थिए ।
‘अरु गन्तव्य खुलिसक्दा पनि घान्द्रुक नखुलेको भनेर धेरैतिरबाट आलोचना खेप्नुप¥यो,’ अध्यक्ष गुरुङले भने, ‘अब १ गतेबाट पर्यटकका लागि घान्द्रुक खुल्छ ।’
अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गतका अरु गन्तव्य यसअघि नै खुले पनि घान्द्रकमा बाहिरबाट जान रोक लगाइएको थियो । घान्द्रुक पुग्न पोखरा हुँदै जानुपर्ने भएकाले पोखराको पर्यटनमा पनि सकरात्मक प्रभाव पर्ने पोखरेली पर्यटन व्यवसायीको विश्वास छ ।
दसैंमा घान्द्रुकमा पर्यटकको घुइँचो लाग्थ्यो । तर योपटक गाउँमा दसैंको बेला आवतजावत नै बन्द गरियो । कोरोनाको जोखिम यथावत रहे पनि घान्द्रुक जान पिसिआर रिपोर्ट नचाहिने उनले जानकारी दिए ।
घान्द्रकमा करिब ४ दर्जन होटल छन् । घुम्न पुग्ने पर्यटकलाई ज्वरो आएमा छुट्टै राख्ने व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए ।
‘३ वटा एटेच बाथरुम भएको आइसोलेसन घरको व्यवस्था गरिएको छ । त्यहाँ नर्स पनि हुनुहुन्छ,’ उनले भने ।
अध्यक्ष गुरुङका अनुसार आइसोलेसनमा बस्नेलाई खाना र सुपको व्यवस्था पर्यटन व्यवस्थापन समितिले गर्नेछ । शंकास्पद संक्रमितलाई भोलिपल्ट एम्बुलेन्समार्फत पोखरा ल्याइने अध्यक्ष गुरुङले जनाए ।
छोमरुङभन्दा माथि अन्नपूर्ण बेसक्याम्प पुग्न पर्यटकलाई पिसिआर रिपोर्ट चाहिने पर्यटन व्यवस्थापन समिति छोमरुङ अध्यक्ष बुद्धिबहादुर गुरुङले जानकारी दिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया