सुन्तला किसानलाई हार्बेस्टर स्टिक

समाधान संवाददाता, पोखरा
पुतलीबजार नगरपालिका र फलफूल तथा तरकारी मूल्य शृंखला विकास आयोजनाको साझेदारीमा नगरपालिकाका सुन्तला कृषकलाई क्षति न्यूनीकरण गर्न आवश्यक पर्ने सामग्री वितरण गरिएको छ ।
पुतलीबजार २, ७ र १३ वडाका सूर्यमुखी कृषि सहकारी संस्था, माझबिनी कृषि उपज उत्पादन तथा बजारीकरण सहकारी संस्था र पीपल डाँडा कृषि सहकारी संस्थामा आवद्ध सुन्तला किसानलाई सामग्री वितरण गरिएको हो ।
पुतलीबजार नगरपालिकाकी प्रमुख सिमाकुमारी क्षेत्रीले फलफूल तथा तरकारी मूल्य शृंखला विकास आयोजनाले धेरै सहयोग गरेको बताइन् ।
सुन्तला किसानले यी सामग्री प्रयोगबाट सुन्तलामा हुने क्षतिघट्ने अपेक्षा गरिन् ।आयोजनाको साझेदारीमा पुतलीबजारको खेलमैदान मालेबगरमा तरकारी बिक्री केन्द्र स्थापना गरिएको जानकारी दिँदै उनले पुतलीबजारमा उत्पादन भएका सुन्तला तथा तरकारी बिक्री केन्द्रमार्फत बजारीकरण गर्न अनुरोध गरिन् ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम बराल, पुतलीबजार आर्थिक विकास समिति संयोजक बाबुकाजी जिटी, कृषि शाखा प्रमुख कृषि अधिकृत मनिषा लामिछाने, फलफूल तथा तरकारी मूल्य शृंखला विकास आयोजनाका प्रतिनिधि अनुषा शर्मा लगायतले योजनालाई सफल बनाउन अनुरोध गरे ।
कार्यक्रममा २४ किसानलाई ओरेन्ज हार्बेस्टर स्टिक वितरण गरिएको कृषि शाखाकीकर्मचारी सुना सुवेदीले जानकारी दिइन् ।









तथ्यांक दिवस मनाइयो
समानुपातिकमा गण्डकी उपेक्षित
ङयोए तमु धिमा १ करोडको सभाहल
कसले मार्ला बाजी ?
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया