समाधानकर्मी थकालीलाई सृजनशील पत्रकारिता पुरस्कार

बागलुङ
सिर्जनशील पत्रकारिता पुरस्कार समाधान दैनिकका मुस्ताङ संवाददाता सुन्दरकुमार थकालीलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औं वार्षिक साधारणसभाका अवसरमा घोषणा गरेको उक्त पुरस्कार आज प्रदान गरिएको छ ।
आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कारबाट नगद १० हजार सहीत थकालीलाई सम्मान गरिएको हो । उक्त सम्मान तथा निर्वतमान संघीय सांसद मनकुमारी केसी र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसीले एक समारोहबा बीच प्रदान गरे । थकाली नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्ष समेत हुन् । उनी समाधान दैनिकमा कार्यरत छन् । सँगसँगै अन्नपूर्ण पोष्ट, एपीवान टेलिभिजनमा पनि आवद्ध छन् ।
धौलागिरीका क्रियाशिल र सिर्जनशील पत्रकारलाई प्रदान गरिने सिर्जनशील पत्रकारिता पुरस्कार भने यसअघि सन्तोष थापा (पर्वत) दिल शिरीष (बागलुङ), सन्तोष गौतम (म्याग्दी) राम थापा, संगम घर्ति (बागलुङ)लाई प्रदान गरिएको थियो ।
समाजमा बिद्यमान भड्किलो विवाहका बिरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले प्रगतिशील विवाह गरेर समाजमा सकरात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्चमा लाग्ने रकम ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्ष्य कोष स्थापना गरेका थिए । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिदै आइएको छ । अहिले उक्त कोषको रकम १ लाख रुपैयाँ पुर्याइएको छ ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया