आर्मीलाई हराउँदै गण्डकीले जित्यो टाइगर कप भलिबल उपाधि

समाधान संवाददाता, पोखरा
विभागीय तथा नेपाली भलिबल टोलीका खेलाडीका बाहुल्य भएको त्रिभुवन आर्मी क्लबलाई हराउँदै घरेलु टोली गण्डकीले प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ ।
शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा घरेलु टोली गण्डकीले आर्मीलाई ३(२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । निकै प्रतिस्पर्धात्मक फाइनलमा गण्डकीले पहिलो, तेस्रो र पाँचौं सटमा जित निकाल्दै च्याम्पियन बनेको हो । घरेलु समर्थकको राम्रो साथ पाएको गण्डकीले त्यसको फाइदा उठाउँदै अन्तिम सेटमा आर्मीलाई स्तब्ध पार्दै उपाधि जितेको हो ।
पहिलो सेटमा घरेलु टोली गण्डकीले आर्मीलाई २५–२२ हराएको थियो । एक समय पहिलो सेटमा आर्मीले ६ अंकको अग्रता लिएको थियो । १८–१२ को अवस्थाबाट गण्डकीले उत्कृष्ट प्रर्दशनका साथ जितसम्म पुगेको थियो ।
दोस्रो सेटमा आर्मीले गण्डकीलाई २५–२१ ले हराएको थियो । सुरुवाती समय ४ अंकको अग्रता लिएपनि गण्डकीले दोस्रो सेट गुमाउन पुग्यो । तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्यो । तेस्रो सेटमा गण्डकीले आर्मीलाई ३२–३० ले हराएको थियो । आर्मी लगातार चार पटक सेट नजिक पुगेर पनि असफल भएको थियो । तेस्रो सेटमा आर्मीले फौल बढि गरेको थियो ।
चौथो सेटमा आर्मीले गण्डकीलाई २५–२३ ले हराएपछि फाइनल थप रोमान्चक बन्न पुगेको थियो । आर्मीले एक समय ६ अंकको अग्रता लिएको थियो । गण्डकीले १८–१२ को अवस्थाबाट उत्कृष्ट प्रर्दशन २२–२१ को अवस्थामा पुर्याएको थियो । गण्डकीले लगातार दुई अंक जोड्दै खेललाई २३–२३ को बराबरीमा पुर्याएको थियो । कोर्टमा प्रवेश गरेलगत्तै मानबहादुर श्रेष्ठले चलाखीपूर्ण स्पाईकका साथ आर्मीलाई चौथो सेट जिताएका थिए ।
रोमान्चक तथा निर्णायक फाइनल सेटमा गण्डकीले आर्मीलाई १५– ११ ले हराउँदै उपाधि जितेको हो । सुरुवाती ४ अंकको अग्रता लिएको थियो । आर्मीले उत्कृष्ट प्रर्दशनका साथ ९–९ को अवस्थामा पुर्याएको थियो । त्यसपछि भने गण्डकीले लगातार अंक जोड्दै च्याम्पियन बन्न सफल भएको हो ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया