नेकपा औपचारिक विभाजन नभएसम्म कांग्रेसले सहकार्य नगर्ने

काठमाडौं
नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवासमा बिहीबार पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरुको छलफलपछि कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म कुनै पनि समूहलाई समर्थन नगर्ने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले भने, ‘कुनै पनि समूहले गरेको प्रस्तावका बारेमा निर्णय गर्ने बेला अहिले भएको छैन । कम्युनिस्ट पार्टी एकै छ । संसदीय दलको नेता ओली नै हुनुहुन्छ । उहाँको पार्टी एकै रहन्छ वा अर्कै परिस्थिति आउँछ भन्ने कांग्रेसको नियन्त्रणको विषय होइन । कांग्रेसले यो विषय टुंगो लागेपछि मात्रै आफ्नो धारणा बनाउँछ ।’
प्रतिनिधिसभा बैठक शुरु भएपछि जसरी राजनीतिक घटनाक्रम विकसित हुन्छ सोही अनुरुप निर्णय गर्ने उनले बताए । महतले भन, ‘संसद बैठक शुरु भएपछि जसरी परिस्थिति अघि बढ्छ, त्यो अवस्थामा कांग्रेसले आवश्यक निर्णय गर्छ । अहिले यो समूह वा अर्को समूहलाई समर्थन गर्छु भन्ने बेला भएको छैन ।’
संसदमा अविश्वासको प्रस्ताव पेस भयो भने त्यसपछि मात्रै आवश्यक निर्णय गर्ने कांग्रेसले जनाएको छ ।
सहमहामन्त्री डाक्टर मतहले भने, ‘कसले अविश्वासको प्रस्ताव ल्याउँछ वा ल्याउँदैन भन्ने कुरा नै टुंगिएको छैन । जबसम्म निक्र्यौल हुँदैन त्यो अवस्थामासम्म हतार गरेर यो वा उ कुनै पनि पक्षमा लाग्ने निर्णय कांग्रेसले गर्ने बेला भएको छैन ।’
महतले नेकपाको कुनै पनि समूहले कांग्रेसँग सहकार्यको प्रस्ताव नगरेको समेत दाबी गरेका छन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया