गुरुङ सरकार परिवर्तनको प्रयासः आज १ बजे कांग्रेस संसदीय दलको बैठक बस्दै

समाधान संवाददाता, पोखरा ।
एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार परिवर्तनका लागि कम्मर कस्न लागेको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको बैठक आज सोमबार दिउसो १ बजे बस्दैछ ।
संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बैठक बोलाएका हुन् । गुरुङ नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका २ जना मन्त्री फिर्ता भएपछि सरकार परिवर्तनको खेल सुरु भएको हो ।
राष्ट्रिय जनमोर्चाले समर्थन जनाईरहेको अवस्था अरु सबै दल एकै ठाउमा हुँदा पनि नढल्ने अवस्थामा रहेको गुरुङ सरकारमा शनिबारदेखि भने भुइचालो आएको छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समर्थन फिर्ता लिने र अविश्वासको पक्षमा हस्ताक्षर गर्ने भन्दै समाधानसँग टेलिफोन वार्ता गरेपछि परिस्थिति एकाएक परिवर्तन आएको हो ।
यद्यपि अध्यक्ष केसीले भने जसरी जनमोर्चाले निर्णय लिइसकेको छैन । आईतबार जनमोर्चा गण्डकी प्रदेश संसदीय दलको बैठक बसे पनि ठोस निर्णय लिन सकेको छैन । पार्टीको केन्द्रले पनि कुनै निर्देशन पठाएको छैन ।
कांग्रेस निकटस्थ श्रोतका अनुसार कांग्रेसको केन्द्रीय नेतृत्वले पनि औपचारिक रुपमा गण्डकी प्रदेशमा के गर्ने र नगर्ने भन्ने बारेमा कुनै निर्देशन दिएको छैन् ।
यही अन्यौलकाबिच कांग्रेस संसदीय दलको बैठक बस्दैछ । १ बजे बस्ने बैठकमा पछिल्लो विकसित परिस्थिति मै बारेमा छलफल हुने सांसद कुमार खड्काले जानकारी दिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया