गण्डकी अस्पताल गेटमा युआरएलको शाखा

समाधान संवाददाता, पोखरा ।
गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले पोखराको हस्पिटल चोकमा नयाँ शाखा खोलेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल(गण्डकी अस्पताल)को पूर्वी गेटमा रहेको युआरएलको शाखाले मंगलबारबाट सेवा आरम्भ गरेको हो । यो युआरएलको पाँचौं शाखा हो ।
पोखरा महानगरको सेतीपारीका सेवाग्राही, अस्पतालहरु र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बिरामीलाई लक्षित गरी शाखा सञ्चालन गरिएको हो । युआरएलका अध्यक्ष
ठाकुरप्रसाद पन्तले पोखरा, न्युरोडको केन्द्रीय कार्यालयबाट दिइने सबै सेवा हस्पिटलचोक शाखामा उपलब्ध रहेको जानकारी दिए । संसारकै सर्वाेत्कृष्ट प्रविधिमार्फत् दक्ष र अनुभवी कर्मचारीले गुणस्तरीय सेवा दिने उनले बताए ।
पन्तले भने, ‘गण्डकी अस्पतालमा सेवा लिन आउने बिरामीले सास्ती पाएको देखियो । त्यहाँ नहुने जाँच, बाहिर पठाउनुपर्ने जाँच र अन्य सबै जसो रगत जाँच युआरएलमा हुन्छ ।’ गण्डकी अस्पताल र अन्य अस्पतालमा आइपर्ने आकस्मिक अवस्थालाई मध्यनजर गरी यहाँ २४ सैं घन्टा प्रयोगशाला सेवा उपलब्ध हुने उनले बताए ।
शाखा सञ्चालनको अवसरमा मधुमेह (सुगर) सम्बन्धी रक्त परीक्षण वैशाखभर निःशुल्क हुने युआरएलका सिइओ भूपेन्द्रराज पाण्डेयले जानकारी दिए । होलबडी, थाइराइड लगायत अन्य सबै प्रकारका परीक्षणमा पनि वैशाख महिनाभर ३० प्रतिशत छुट दिइएको उनले बताए । युआरएलले यसअघि तनहुँको दमौली र दुलगौैंडा, लमजुङको बेशीसहर र स्याङ्जाको वालिङमा शाखा सञ्चालनमा गरिसकेको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया