बार्सिलोनाको उत्कृष्ट जित
समाधान संवाददाता
२०७८ वैशाख १० गते ८:१२

काठमाडौँ ।
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले गेटाफेलाई हराएको छ । बिहीबार राती भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५–२ गोल अन्तरले हराएको हो ।
बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई गोल गरे । यस्तै एन्टोइनी ग्रिजमेन र रोनाल्ड अरौजोले एक एक गोल गर्दा एक गोल बार्सिलोनाले गेटाफेबाट उपहार पाएको थियो ।
गेटाफेका लागि इनेस उनालले गोल गरे । अर्को गोल भने बार्सिलोनाबाट उपहार पाएको थियो ।
जितपछि बार्सिलोना ३१ खेलबाट ६८ अंक बनाएर तेस्रो स्थानमा छ । एक खेल बढी खेलेको रियल म्याड्रिड ७० अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट ७३ अंकसहित एथ्लेटिको म्याड्रिड शीर्ष स्थानमा छ ।
हार व्यहोरेको गेटाफे भने ३१ अंकसहित १५ औँ स्थानमा छ ।
सम्बन्धित









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया