कांग्रेस नेतृ सिद्धिकीको काेराेनाले लियाे ज्यान
समाधान संवाददाता
२०७८ वैशाख १२ गते ७:०८

समाधान संवाददाता, नेपालगञ्ज ।
नेपाली कांग्रेसकी नेतृ एवं संविधानसभा सदस्य मोहम्मदी सिद्धिकीको कोरोना संक्रमणबाट निधन भएको छ ।
७२ वर्षीया सिद्धिकीको भेरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
कोरोनाबाट थलिएर डेढसाता देखि उपचाररत् अधिकारकर्मी समेत रहेकी सिद्दिकीको केहीबेर अघि भेरी अस्पतालको कोरोना वार्डमा निधन भएको अस्पताल प्रमुख डा। प्रकाश थापाले पुष्टि गरेका छन् ।
उनी फतिमा फाउन्डेसनकी अध्यक्ष समेत रहेकी थिइन् । बाँकेमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका कारण ७ जनाको मृत्युु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया