२ गाेल गरेपछि एम्बाप्पे घाइते, पिएसजी शिर्ष स्थानमा

एजेन्सी
चोटग्रस्त भएर मैदान छोड्नु अघि केलियन एमबाप्पेले गरेको दुई गोलको सहयोगमा जित निकाल्दै पेरिस सेन्ट जर्मेन ९पिएसजी० फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति अवे मैदानमा भएको खेलमा पिएसजीले मेट्जलाई ३–१ ले पराजित गरेको हो । पिएसजीका लागि एमबाप्पेले चौथो र ५९ औँ मिनेटमा गोल गरे ।
८९ औँ मिनेटमा पाएको पेनाल्टीमा आइकार्डीले गोल गरेका हुन् । मेट्जका लागि ४६ औँ मिनेटमा सेन्तोन्जेले एक गोल गरेका हुन् ।
दुई गोल गरेका एमबाप्पे थाइ इन्जुरीका कारण पेनाल्टीमा आइकार्डीले गोल गर्नु पूर्व मैदान छोड्न बाध्य भएका थिए ।
एमबाप्पे चोटग्रस्त भएपछि यो हप्ता हुने च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटीसँगको सेमिफाइनललाई लिएर पिएसजीमा चिन्ता थपिएको छ ।
जित निकालेको पिएसजी ३४ खेलबाट ७२ अंकसहित शीर्ष स्थानमा पुगेको छ । दोस्रो स्थानको लिलेको ३३ खेलबाट ७० अंक छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया