२८ को मृत्यु, ३ हजार बढी संक्रमित

समाधान संवाददाता
नेपालमा थप ३१२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालभर ३१२२ संक्रमित थपिएसँगै संक्रमितको संख्या ३ लाख नाघेको छ ।
आज प्रदेश १ को इलाममा ५, उदयपुरमा ३, ओखलढुंगामा ७, खोटाङमा ३, झापामा २३, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा ३, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ११०, संखुवासभामा ५, सुनसरीमा ५ र सोलुखुम्बुमा २ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश २ को धनुषामा १९, पर्सा ७९, बारामा ३०, महोत्तरीमा १, रौतहटमा १९, सप्तरीमा ६, सर्लाहीमा ६ र सिरहामा ८, बागमती प्रदेशको काठमाडौंमा १ हजार १ सय ३२ जनामा कोरोना पुष्टि भएको छ।
काभ्रेपलाञ्चोकमा २४, चितवनमा १०, दोलखामा ७, धादिङमा ६, नुवाकोटमा ६, भक्तपुरमा ९६, मकवानपुरमा ८, रामेछापमा ९, ललितपुरमा २७०, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १०५, गोरखामा ८, नवलपरासी पूर्वमा १, पर्वतमा ३, मुस्ताङमा १८, म्याग्दीमा ८, बागलुङमा २७ र स्याङजामा १२ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ७, कपिलवस्तुमा २२, गुल्मीमा ६, दाङमा ४९, नवलपरासीमा १४, पाल्पामा १५, प्युठानमा ४, बर्दियामा ३८, बाँकेमा ३५३, रुकुम पूर्वमा २, रुपन्देहीमा २०९ र रोल्पामा २ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा २, जुम्लामा ३, डोल्पामा २, दैलेखमा ११, रुकुम पश्चिममा ३, सल्यानमा १०, सुर्खेतमा ११८ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २, कैलालीमा १४, डडेल्धुरामा ५, डोटीमा १, दार्चुलामा २, बाजुरामा १ र बैतडीमा १९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १६४ पुगेको छ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया