गण्डकीमा कोरोनाको ग्राफ डरलाग्दो, हप्तामै दोब्बरभन्दा बढी संक्रमित
समाधान संवाददाता
२०७८ वैशाख १३ गते ०:००

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा कोरोना संक्रमणको ग्राफ डरलाग्दो रुपमा बढेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार एक हप्ता (५ देखि १२ वैशाखसम्म) संक्रमित संख्या दोब्बरभन्दा बढी भएको छ ।
यो हप्ता ५ सय ७२ जना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । ४ जनाको मृत्यु भएको छ ।
२९ चैतदेखि ५ वैशाखमा प्रदेशमा २ सय ५८ संक्रमित भेटिएका थिए । प्रदेशभर अहिले ८ सय ८० जना कोरोना संक्रमित छन् । तीमध्ये ६ सय ३३ अर्थात् ७१.९३ प्रतिशत संक्रमित कास्कीका हुन् ।
बाँकी जिल्लामा २ देखि १०२ जनासम्म संक्रमित छन् । प्रदेशमा आइतबारसम्म १७ हजार ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १६ हजार ६४६ जना निको भएको र २११ जनाको मृत्यु भएको छ ।
सम्बन्धित









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया