दशकपछि भीमकाली च्याम्पियन

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिका १ बगरमा क्रियाशील भीमकाली क्बलले दशकपछि सेभेन ए साइड फुटबल प्रतियोगितामा उपाधि जितेको छ ।
सत्य युवा क्लब बाँझापाटनले आयोजना गरेको ‘प्रथम बि–१३ खुला सेभेन ए साइड’ फुटबल प्रतियोगितामा संगम क्लबलाई हराउँदै भीमकालीले उपाधि रक्षा गरेको हो ।
माछापोखरी खेलमैदानमा आइतबार भएको फाइनल खेलमा भीमकालीले संगमलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।
भीमकालीको जीतमा समीर कार्की, जोर्डन गुरुङ र अतिरिक्त गुरुङ सुमित श्रेष्ठले समान १ गोलको योगदान दिए । संगमको तर्फबाट क्षितीज जिटीले सान्त्वना १ गोल फर्काए ।
भिमकालीका जोर्डन गुरुङ म्यान अफ द म्याच घोषित हँुदै ५ हजारसहित पुरस्कृत बने । च्याम्पियन बनेको भीमकालीले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद १ लाख ३५ हजार प्राप्त ग¥यो भने उपविजेता संगमले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित ८५ हजार हात पा¥यो ।
प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा भीमकालीका समीर कार्की ट्रफीसहित नगद ७ हजारबाट पुरस्कृत बने ।
विधागततर्फ उत्कृष्ट गोलरक्षकका रुपमा सोही क्लबका करण गुरुङ, उत्कृष्ट डिफेन्डरका भीमकालीकै कप्तान अञ्जन देवकोटा, उत्कृष्ट प्रशिक्षक सुमन गुरुङ घोषित हुँदै जनही ५ हजार प्राप्त गरे । उत्कृष्ट मिडफिल्डर भने संगमका टंक गुरुङ बने ।
उपाधि जितेसँगै भीमकाली क्लबले पुनरागमन थालेको क्लबका सल्लाहकार प्रकाश गुरुङले बताए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया