सबै अस्पतालमा ओपिडी सेवा बन्द

काठमाण्डाैं, रासस ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले आज सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ती सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सुचारु राख्न भनिएको जानकारी दिनुभयो ।
आज एकै दिन चार हजार ५२४ जना कोरोना सङ्क्रमित भएको र १८ जनाको निधन भएको छ । उहाँले कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो समय बिदा नदिन र यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्नसमेत निर्देशन दिएको बताउनुभयो ।
मन्त्रालयले कार्यरत जनशक्तिमध्ये ५० प्रतिशत जनशक्तिको आलोपालो निर्धारण गरी सेवा व्यवस्थापन गर्न भनिएको छ ।
यस्तै मन्त्रालयले अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने र रिक्त दरबन्दी भए छ महिना करारमा लिनसमेत भनिएको छ ।
मन्त्रालयले सघन उपचार कक्ष (आइसियु) तथा आकस्मिक उपचारसम्बन्धी औजार र अक्सिजनको व्यवस्थापन गर्नसमेत सबै अस्पताललाई निर्देशन दिएको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया